दिवङ्गत छोरी "अस्मिता"को स्मृतिमा शिक्षक गिरीद्वारा ५० हजार रुपैयाँको अक्षयको स्थापना

दिवङ्गत छोरी "अस्मिता"को स्मृतिमा शिक्षक गिरीद्वारा ५० हजार रुपैयाँको अक्षयको स्थापना

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान  नगरपालिका–८ निवासी ध्रुब गिरीले दिवङ्गत छोरीको स्मृतिमा जनता माध्यमिक विद्यालय बाग्दुलामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
उच्च कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले साहित्यीक तथा शैक्षिक ब्यक्तित्व गिरीले दिवङ्गत आफ्नी छोरी अस्मिता गिरीको सधैं स्मरणको बाटो रोजेका हुन्।
अक्षयकोषको माध्यमबाट दिवंगत छोरीको सधैं सम्झना भइरहने गिरीको विश्वास छ।
आइतबार उक्त  बिध्यालयमा संचालित २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा ५० हजार रुपियाँको अक्षयकोषको चेक विद्यालयका प्रधानाध्यापक  इन्द्रमणी पोख्रेल र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेखा बसेललाई संयुक्त रुपमा हस्तान्तरण गरेको जानकारी दिइएको छ।
चेक ग्रहण गर्दै बिध्यालयका प्र अ इन्द्रमणी पोख्रेलले गिरी परिवारले देखाएको सद्भाव र सहयोग अनुकरणीय र प्रशंसनिय रहेको बताए। प्र अ पोख्रेलले प्राप्त अक्षकोष बापतको रकम पारदर्शी ढङ्गले प्रयोग गर्ने विश्वास दिलाएका छन्।