प्युठान,जिल्लाको झिमरुक गाउँपालिकाले बिजया दशमी, दिपावली, नेपाल सम्वत, छट पर्वको अवसरमा जनप्रतिनिधि कर्मचारी बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।बिहिवार झिमरुक गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पर्वहरुको आफ्नै महत्त्व र गरिमा रहेकोले यसलाई थप उल्लासमय बनाउन तडकभडकर भड्किलो नगरी रमाइलो रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेतीले बिजय उत्सवको प्रतीकको रुपमा मनाउदै आएको दशैपर्व देखासिखी खर्चिलो र भड्किलो नबनाई मितव्ययी बनाउनुपर्ने बताए।
चाडपर्वमा मात्र होइन अघिपछि पनि तडकभडक र फजुज खर्चबाट जोगिन समेत स्थानीय जनतालाई अध्यक्ष एमसीले आग्रह गरे । हामी एक अर्कामा अन्तरघुलन हुनुपर्छ। उनले भने, "समस्यालाई सामुहिक हल खोज्नुपर्छ, यसो गरियो भने पालिकामा समृद्धि ल्याउन सफल हुने बताए ।
पर्वले सहकार्य एकता गर्दै सुख दुखमा सहयोगी बन्दै भाइचारा सम्बन्ध स्थापित गर्दै समुन्नत र समृद्ध झिमरुक बनाउन सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष एमसीले बताए ।
पछिल्लो समय पर्वको नाममा हुने कैयन विकृति मिसिएको पाइन्छ सबैखाले बिकृती अन्त्य गर्दै सकारात्मक दिशामा अगाडि बढाउने प्रेरणा सबैमा मिलोस यहि कामना छ उनले भने ।त्यस्तै उपाध्यक्ष प्रमोद पोख्रेलले चाडवाडलाई रमाईलो गरी खर्च र स्वास्थ्यको ख्याल गर्दै सावधानीका साथ मनाउनुपर्ने वताए । पालिकाको कला, संस्कृति परम्परालाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने वताए ।
समुदायमा सामाजिक सद्भाव कायम गर्दै सांस्कृतिक प्रबर्द्धन गर्दै आ-आफ्ना चाडपर्वहरु ढुक्क भएर मनाउन जनतालाई उपाध्यक्ष पोख्रेलले आग्रह गरे ।कार्यक्रममा झिमरुक गाउँपाइका वडा नम्बर ३,६, ७ र ८ नम्बर वडा अध्यक्षहरु क्रमश मीन बहादुर केसी, धन बहादुर पुन, कृष्ण बहादुर जिसी,तुलस बहादुर बस्नेत, कार्यपालिका सदस्य कल्पना थापा (एमसी) शुभकामना ब्यक्त गर्दै सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरे। पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही र कार्यक्रम सञ्चालन शिक्षा शाखामा कार्यरत पुष्प रानाले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्