डाक्टर पौडेलले बचाए मृत्युको मुखमा पुगेकी चादनीको ज्यान

राम बहादुर बिश्वकर्मा
प्युठान,भनिन्छ बिरामीका लागि डाक्टर भगवान् हुन्। चिकित्सा क्षेत्रमा देखिएका विकृति,लापरवाही र निजी अस्पतालले लिने चर्को शुल्कका कारण डाक्टरहरुप्रति सर्वसाधारणको भरोसा टुट्दै गएको वर्तमान समयमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टरहरुले यस प्रसिद्ध भनाइ व्यवहारमा उतारेका छन्।
मोटर साईकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लाग्नुका साथै बङ्गारा भाचिएको र खुट्टा समेत तीन ठाउबाट भाचिएको एक बिरामीलाई अस्पतालका चिकित्सकले सफल शल्यिक्रया गरी घर फर्काएका हुन्।

डाक्टरले प्युठान नगरपालिका वडा न १० कि चादनी बि.क लाई नयाँ जीवन दिएका हुन्।
४ हप्ता अगाडि प्युठान नगरपालिका वडा नम्बर २ क्वाडिमा मोटर साईकलमा दुर्घटनामा परी गम्भिर घाईते भएकी बि क को जिल्ला अस्पतालमा उपचार सम्भब नभए पछि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।
उनको परिबारको आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले स्थानीयले सहयोग संकलन गरि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो।बिरामिको आर्थिक अवस्था कमजोर भएका सयौं गरिबी तथा बिपन्न बिरामीहरुको निशुल्क तथा सहुलियतमा उपचार गर्दै आईरहेका जिल्ला स्थित मल्लरानी गाउँपालिका वडा नम्बर ३ मा स्थायी घर भई हाल पोखरामा रहि चिकित्सा सेवा गर्दै आएका डा.राजेन्द्र पौडेलको सक्रियतामा चादनिले नयाँ जीवन पाएकी छिन् ।

आर्थिक अभावमा उपचार पाउन नसक्ने व्यक्तिलाई विभिन्न अस्पताल पुर्‍याएर उपचारको वातावरण मिलाइदिने पौडेल यस्ता कार्य प्रती उत्तिकै सक्रिय छन्।उनी भन्छन्,‘मेरो सानो सहयोग र पहलले कसैको दुःखी जीवनले सुख पाउँछ भने किन नगर्ने,आफूले सकेसम्म सामाजिक क्षेत्रमा काम गर्ने रहर छ।’कतिपयलाई उपचारपछि घर खोजीखोजी परिवार समक्ष पुर्‍याउने गर्दछ्न।
प्रतिष्ठानका डाक्टर,स्थानीय सहयोगि मन सबैको सहयोग,प्रतिस्ठानका वरिष्ठ अर्थोपेडिक डाक्टर झपिन्द्र पोख्रेलको नेतृत्वमा डा.सरोज दाहाल,डा.भिम सिग्देल,डा. विजय परियार,डा.अनिल पोख्रेल,डा.राजेन्द्र पौड्‌याल,डा.अरविन्द कुमार शाह, डा. राकेश श्रेष्ठ र डा.सन्दिप ओलि सहितको टिम र डेन्टल सर्जन डा. नारायण शर्माको टिम,डा. हिमलाल भन्डारीको एनेस्थिसिया टिम तथा नर्सिङ आइसिउ  पोस्ट अफ तथा अर्थोपेडिक वाडको नर्सिङ स्टाफहरुको सहयोग बाट चादनीको जीवन बाँचेको समाजसेवी बिरेन्द्र गिरीले बताए। 
मोटरसाइकल दुर्घटनाका कारण छोरिको धेरै जसो अङ्ग फ्याक्चर भएको देख्दा डाक्टरले शल्यिक्रया जटिल भएको हुदाँ जे पनि हुन सक्छ भनेपछि आफूलाई छोरी गुमाउने चिन्ताले सताइरहेको थियो,
चादनिका बुवा सुरज सुनारले भने ‘त्यस्तो नराम्रो केही भएन् चिकित्सकले जटिल शल्यिक्रयालाई पनि सहज बनाइ छोरी लाई निशुल्क उपचार गराई जिवन दिएकोमा आफु अस्पताल परिवार प्रति आभारी छु।’