६८ औं प्रहरी दिवस : अतित सम्झदा,अमर प्रहरी परिवारका सदस्यलाई बनायो स्तब्ध(फोटो फिचर)

६८ औं प्रहरी दिवस : अतित सम्झदा,अमर प्रहरी परिवारका सदस्यलाई बनायो स्तब्ध(फोटो फिचर)

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल प्रहरीले मङ्गलबार ६८ औं प्रहरी दिवस मनाएको छ।
दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खलंगामा एक औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो।
दिवसका अवसरका अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्ने अधिकांश परिवारका आँखा रसाएका थिए। बिहान पखको समयमा आयोजना गरिएको कार्यक्रममा आफ्नो छोरा,श्रीमान घर परिवारको सदस्य गुमाउदाको पिडा साहेत न त कल्पना गर्न सकिन्छ नत कसैले मन बुझाएर बुझ्छ।
जिल्ला स्तरबाट अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्न आएका यि नै आफन्तका आँखा प्रहरी दिवसमा रसाएका छन्।कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारजनका विलौना हृदयविदारक थिए।कार्यक्रममा विसं २०५५ माघ १७ गते करबघाट,डोल्पामा वीरगति प्राप्त गर्नुभएका प्रहरी जवान गोबिन्द बहादुर खड्का पत्नी भगवती खड्काले आफ्ना विलौना सुनाउँदा अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गर्दा कार्यक्रममा सहभागी सबै जना स्तब्ध भएका थिए।जिल्ला प्रहरी कार्यालय प्युठानको परिसरमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,जनप्रतिनिधि,बिभिन्न कार्यालयका प्रमुख,अमर प्रहरीका आफन्तजन,पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारी,सन्चारकर्मीको सहभागीता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अमर प्रहरीलाई सलामी अर्पण गरिएको थियो।द्वन्द्वमा २८ प्रहरीले मुलुकका विभिन्न ठाउँमा कार्यरत रहेकै अवस्थामा सहादत प्राप्त गरेको र अन्यत्र घर भैइ जिल्लामा कार्यरत हुँदा १३ जनाले सहादत प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय प्युठानको अभिलेखमा उल्लेख छ। कार्यक्रममा सबै अमर प्रहरी  परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोइराला  र प्रहरी नायब उपरीक्षक इश्वर थापाले दोसल्ला ओढाइ सम्मान गरेका थिए । प्रहरी निरीक्षक हुमानन्द खानालका अनुसार समारोहमा करिब २ महिनाको  अवधिमा कार्यालय बाट उत्कृष्ट कार्य सम्पादन गरे बापत ९ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो।प्रमुख अतिथिका तर्फबाट मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी कोइराले प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए।त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले देशमा शान्ति,सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताए ।
नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले यस संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताए।साथै प्राकृतिक प्रकोप,शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता,जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाए पनि कहिलेकाहीँ राजनीतिक प्रभावमा पर्ने गरेको भन्दै आगामी दिनमा थप ससक्त भएर आगाडी बढ्नुपर्ने उनको भनाई छ।
त्यसैगरी उत्कृष्ठ प्रहरीलाई पुरस्कृत गरिएको थियो भने निवन्ध प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए।सोही अवसरमा प्रहरी नायब उपरीक्षक इश्वर थापाले बिगत देखि नै अनेकन आरोह अवरोहका बीच राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठनले नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशील रहि संगठनका खातिर सदैब जनमुखी,पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताए।
साथै देश र जनताको पक्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर तथा शहीद प्रहरीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरे।