पहुँचहुनेले मात्रै आइडल जित्न सक्छ भन्ने भ्रमलाई तोडेका छौं - अलि खान

पहुँचहुनेले मात्रै आइडल जित्न सक्छ भन्ने भ्रमलाई तोडेका छौं - अलि खान

प्यूठान,पहुँचहुनेले मात्रै डान्स आइडल जित्न सक्छ भन्ने भ्रमलाई तोड्दै सफलतापूर्वक प्यूठान डान्स आइडल सम्पन्न गरेको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले बताएका छन्।
'नृत्य प्रतिभाको उजागर, प्रस्फुटन गराउने उद्देश्य बमोजिमनै हामीले प्यूठान डान्स आइडल कार्यक्रमको परिकल्पना गरेका हौं।' खानले भने, 'भूगोल विशेष, पहुँचविहिन, धनीगरीब, नाता तथा कृपाबाद यो सबैलाई चिर्दै उत्कृष्ठ नृत्य प्रतिभालाई विजेता घोषणा गरेका हौं। प्यूठान उद्योग वाणिज्य संघले आयोजना गरेको डान्स आइडल कार्यक्रमले साँच्चीकै अब्बल नृत्य प्रतिभा हुने हरकोहिले आइडल जित्न सक्छ भन्ने सन्देश प्रवाह गर्न हामी सफल भएका छौं।'सामाजिक सञ्जाल तथा केहि अनलाइनमा डान्स आइडलबारे आएको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए।
'यथार्त विषय नै नबुझेर भावनामा बगेर आरोप लगाईएको छ।' खानले भने,'आफ्नो पक्षमा नतिजा नआउदा यस्तो आरोप लगाईएको छ।'
डान्स आइडलमा अभ्यास हुने प्रचलित अभ्यास मुताविकनै मत गणनाको व्यवस्थापन तथा मूल्याङ्कन प्रक्रियामा कुनै त्रुटि नभएको आइडल व्यवस्थापन समितिले जनाएको छ।
'यो चुनावी प्रक्रिया होईन केहि साथीहरु अलमलमा पर्नुभएको रहेछ।' खानले भने 'नियमबारे पनि हामीले सहभागीलाई पहिलेनै जानकारी गराएका थियौ।'
आइडल व्यवस्थापन समितिले निश्चित प्रक्रियाहरू पूरा गर्दै आइडल घोषणा कार्यक्रमलाई व्यवस्थित ढंगबाट सम्पन्न गरेको बताएको छ।
प्यूठान डान्स आइडलमा स्वर्गद्वारी नगरपालिकाको विकट तथा पिछडिएको तिमीलेकी विरा घर्ती मगर विजेता घोषणा भएकी थिईन।

तस्बिर : आइडल विजेता विरा घर्ती मगर

गौमुखी गाउँपालिकाबाट रेजिना केसी ग्रुपले दृतिय स्थान हाँसिल गरेको थियो भने, नौबहिनी गाउँपालिका डाम्री स्थायी निवासी हाल प्यूठान नगरपालिका बाग्दुला बसोबास गर्ने सरस्वती घर्ती मगर तेस्रो भएकी थिईन।
चौथो मल्लरानी गाउँपालिका खैरनडाँडाकी एलिशा थापा पाँचौं प्यूठान नगरपालिका ढुङ्गेठाँटीका अर्जुन भण्डारी भएका थिए।
लुकेर छरिएर रहेका जिल्लाका नृत्य प्रतिभाको प्यूठान डान्स आइडल कार्यक्रमले पहिचान गर्दै उजागर गर्ने काममा ठूलो टेवा पुर्याएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले विश्वास लिएका छन्।