राम बहादुर बिश्वकर्मा
प्युठान,स्वर्गद्वारी प्युठान महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेशको कृषि,पर्यटन,उद्योग,व्यवसाय तथा व्यापार प्रबर्द्धनका लागि हुँदै आएको महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजक संस्थाले जनाएको छ।
यहि फाल्गुन ४ गते देखि १४ गते सम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा आयोजना हुन लागेको महोत्सवको पाचौं औं सस्करण हो।
‘हामी अहिले पनि महोत्सव स्थलमा छौं। तयारी अन्तिम चरणमा रहेको छ। उद्घाटन सत्रसम्म सम्पूर्ण तयारी भइसक्ने छ,’प्युठान उद्योग वाणिज्य संघ प्युठान का अध्यक्ष पशुपती नारायण नकर्मिले भने,‘७५ प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको छ।’
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्ने कार्यतालिका रहेको छ। महोत्सवको उद्घाटन बिहीबार दिउँसो १ बजे हुने अध्यक्ष नकर्मिले बताए।
महोत्सवमा कृषि,घरेलु उत्पादन,कला,संस्कृति लगायतका प्रदर्शनीहरु रहनेछ । यस वर्ष २ सय ५० स्टल रहनेछन्।
मुख्य मन्त्री समक्ष प्रदर्शनीस्थलको व्यवस्था,त्रिदेशिय मार्ग,कोइलाबास-भालुबाङ्ग-भिमगिठे-मुक्तिनाथ जोड्ने सडक,नौमुरे जलविद्युत परियोजना,स्वर्गदारी बिमानस्थल निर्माण लगायतका माग प्रस्तुत हुन सक्ने नकर्मिले बताए ।उनले अहिले बुँदाहरु तयार गरिरहेको बताए।
प्रतिक्रिया राख्नुहोस्