राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका–३ का वडा अध्यक्ष सुमन श्रेष्ठ पछिल्लो समय गरिब तथा विपन्न वर्गको सहारा बन्नु भएको छ । कसैले खान पाएन,कसैको घर वा गोठ भत्क्यो । कोहि बिरामी भयो,कसैको दुर्घटना भयो अथवा अपातविपत आइलाग्यो खबर पाउने बित्तिकै जस्तो सुकै महत्वपूर्ण काम भएपनि वडा अध्यक्ष श्रेष्ठ दौडिहाल्नुहुन्छ । बिहान उठेदेखि साँझ नहुँदासम्म उहाँ जनताको बैशाखी जस्तै गरेर सहयोगी बन्दै आउनुभएको छ।
प्युठान नगरपालिकाका प्रबक्ता समेत रहेका श्रेष्ठ समाजिक कामको दृष्टिकोणले सबै भन्दा अग्रपंक्तिमा देखिनुहुन्छ । रत प्रबक्ता श्रेष्ठलेले वाहीवाही पाउनु पाएको छ। यस्तै काम मध्य दुर्घटनामा परि मेरुदण्ड भाचिएकि गरिब परिबारकी महिलाको लागि पनि नगर प्रबक्ता भगवान जस्तै भएर प्रकट हुनुभयो ।
तस्बिर: दुर्घटना पर्नुभएकी शान्ता सुनारलाई नगद प्रदान गर्दै प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठ
मान्छे लाई कति बेला पर्छ थाहा नै हुदैन यो संगै वि.स २०७९ मंसिर २ गते प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित भरतेडाडा निवासी शान्ता सुनार रुख बाट खसेर मेरुदण्ड भाचिएर बिस्तारामा लडिरहेको र पारिबारिक अबस्था अत्यन्तै दयनीय भएको सुचना पाएपछि प्रबक्ता श्रेष्ठको सहयोगि हात अघि बढे ।२ छोरा बुढी आमा र श्रीमान, श्रीमति लाई खर्च जुटाउने,खुवाउने देखि स्याहार गर्ने समेत कोहि नभएपछि श्रेष्ठले नगद रु ५ हजार रुपैयाँ लिएर घरमा पुग्नु भयो ।
भन्छन् नि हुने हार दैव नटार भने झौ दैवको लिला शान्ति को श्रीमान राजु सुनारको पनि भर्याङ्ग बाट लडेर बायाँ खुट्टा भाचिएको छ । उहाँको उपचारमा लागेको खर्च रिन मागेर गरिएको थियो।
त्यही भएर भन्छन नि जता गहिरो उतै पहिरो भने जस्तै लागेको ऋण तिर्नको लागि आफू संग केही सम्पती समेत छैन।
नगर प्रबक्ता श्रेष्ठले नगरको प्रबक्ताको हैसियतले कुनै ठूलो काम नभई मानविय सेवा भाबले धर्म पूरा गरेको बताउनुभयो ।
यो सहयोग आफ्नो ब्यक्तिगत सहयोग रहेको भन्दै नगरपालिका मार्फत उक्त परिबार थप सहयोग उपलब्ध गराउने प्रतिबद्ध समेत गर्नुभएको छ।
आफु,श्रीमति बुढी आमा र छोराहरु सहित सिङ्गो परिबारको पिडाको भारि बोकि रहेका राजु सुनार भन्छन मेरो यो संसारमा म यस्तै मागेर आएको रहेछु, प्युठान नगरपालिका प्रबक्ता सुमन श्रेष्ठले मलाई दिएको सहानुभुतिले आफ्नो पीडा हलुको बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो-" आज यो पीडा मलाई छ भोलि अरुलाई पनि होला नगर भरिकै यस्ता गरिबको घर आँगनमै आएर सहारा दिने जनप्रतिनिधि नगरले पाउँदा आज मेरो दु:ख खुशिमा परिणत भएको छ ।" यो सहयोगले मलाई र श्रीमतिलाई बाच्ने सहास दिएकोमा प्युठान नगरपालिका प्रबक्ता श्रेष्ठ लाई हृदय देखि धन्यवाद समेत दिनुभएको छ।
सो अवसरमा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि, बिध्यार्थी नेता प्रेम बिश्वकर्मा,स्थानीय रबिन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया राख्नुहोस्