एमाले प्यूठानको प्रतिवद्धता पत्र सार्बजनिक : समृद्ध जिल्ला बनाउने यस्ता छन् सूर्य थापाको सपना

एमाले प्यूठानको प्रतिवद्धता पत्र सार्बजनिक : समृद्ध जिल्ला बनाउने यस्ता छन् सूर्य थापाको सपना

सीता बि.क
प्यूठान,नेकपा एमाले प्यूठानले जिल्लाको विकास गर्ने आधार सहितको प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आज नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जिल्ला विविध कारणले विकासमा पछि परेको उल्लेख गर्दै आगामी निर्वाचनबाट जिल्लाको विकासका लागि आधारको रुपमा प्रतिवद्धता-पत्र सार्वजनिक गर्नुभएको हो ।
नेकपा एमाले प्यूठानको आयोजना तथा प्रेस चौतारी प्यूठानको सहजीकरणमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा जिल्लाको विकास र समृद्धिका लागि नेकपा (एमाले) ले आफ्ना योजनाहरु अघि सारेको हो।अहिलेसम्म कुनै दलका उम्मेदवारले आफ्नो घोषणा पत्र सार्वजनिक गर्न नसकिरहेका बेला सूर्य थापाको टिमले दूरदृष्टि सहितको योजना बाहिर ल्याएपछि अन्य उम्मेदवारहरु तिलमिलाएका छन् ।
प्युठानमा एमाले उम्मेदवार सुर्य थापाको पल्लाभारी हुने स्थानीय मतदाता बताउँछन् ।

प्रतिनिधि शभा निर्वाचनमा विजयी भएको पाँच बर्षभित्र प्रतिबद्दतामा उल्लेखित बुँदाहरु पुरा गर्ने प्रतिनिधि शभा सदस्यका उम्मेदवार सूर्य थापा बताउनुहुन्छ । ‘हामीले कुनै मनोगत, पूर्वाग्रह भएर यो प्रतिवद्धता पत्र बनाएका छैनौं,’ उहाँले भन्नुभयो,‘यसै प्रतिवद्धता पत्रको आधारमा एमालेले जिल्लाको विकासको काम अघि बढाउँछ ।’ प्रतिवद्धता-पत्र विकासको आधार भएकाले यसलाई ठोस कार्यक्रमको रुपमा बुझ्न नहुने उहाँको भनाई छ ।
भौतिक पूर्वाधार,विद्युत,शिक्षा,खेलकुद,कृषि,आर्थिक विकास उद्यमशिलता बिकास रोजगारी लगायतका कुरालाई उहाँले  उच्च प्राथमिकता दिनुभएको छ। 


 समृद्ध प्युठान बनाउने यी हुन सूर्य थापा का सपना