प्युठान,प्युठानमा नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोलामा वडा कमिटीको कार्यालय उद्घाटन गरिएको हो।
कार्यालयको उद्घाटन वडाको पार्टी रुपान्तरण अभियानका इन्चार्ज तथा नगर कमिटिका सचिब सुमन श्रेष्ठले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै श्रेष्ठले कार्यालय स्थापनाले वडा गतिविधिमा ठूलो टेवा पुराउने बताउनुभयो।
कमिटीका साथीहरुलाई उत्साहित बनाउँदै उहाँले ‘जनतासँग विशेष रुपान्तरण अभियान’को क्रममा किसान जनता मजदुर सङ्ग तीन महिना सुख र दुख गरेर बिताउन पनि अनुराेध गर्दछु।म तीन महिना तपाईंहरू सङ्ग तपाईंहरू सङ्गै तपाईंका सुख दुखमा साथ दिनेछु तीन महिना वडामै बिताउने छु सम्भावनाको थुप्रो भएको वडामा तपाईं हामी मिलेर नयाँ संकल्प सहित अगाडि बढौं ।” भन्नु भयो।
अभियानको क्रममा जनतासँग जोडिन उनीहरुको घरघर गएर दुःखसुसखका कुरा गर्ने,पार्टीले लिएको मुद्धा,सञ्चालन गरेको नीति कार्यक्रम र यसअघि पार्टीले गरेका बिभिन्न जनमुखी र अधिकारकेन्द्रित आन्दोलन र संघर्षहरु तथा त्यसिबाट प्राप्त उपलब्धी तथा माअेबादीको नेतृत्वमा बनेका सरकारले गरेका जनपक्षीय कामहरुको बारेमा विश्लेषण र समीक्षा गर्दै जनताको प्रतिक्रिया लिने काम भईरहेको बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्