सीता बि.क प्युठान,गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्युठान नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले सीप युक्त दक्ष जनशक्ति नै विकासको प्रमुख स्रोत भएको बताउनुभयो ।उद्यमशिलता बिकास तालिमले “बोलीखाने भन्दा गरी खाने” बनाउँदछ ।श्रेष्ठले भन्नुभयो "स्थानीय तहमा रोजगारी सिर्जना गरी लघु उद्यमीहरुको विकास गर्न आबश्यक छ।
कार्यक्रम सहजीकरण गर्दै उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने बताउनुभयो ।
कार्यक्रममा उद्यम विकास तालिममा गरिने विभिन्न चरणहरु जस्तै सामाजिक परिचालन , उद्यमशिलता विकास तालिम, प्राविधिक सिप विकास तालिम, लघुवित्तमा पहुँच, प्रविधिमा पहुँच, वजारीकरण तथा व्यवसायिक परामर्श लगाएतका विषयमा जानकारी गराइएको थियो।
प्रतिक्रिया राख्नुहोस्