टोपराम केसी
गुल्मी,अपाङ्गले पनि सपाङ्ग सरी कार्य सम्पादन गर्न सक्छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन जस्को प्रेरणादायी स्रोत बन्नु भएको छ , मान बहादुर ढेंगा।बीस २०४७ सालमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ३,साविक हर्दिनेटा गाविसको धरमपानीमा जन्मनु भएका ढेगा विगत पेसाले ड्राइभिङ गर्नु हुन्थ्यो।कार चलाउँदै गर्दा आज भन्दा करिव १०वर्ष पहिले २०६७साल असोज १७ गते दुर्घटनामा परी कम्मर देखि तलको भाग नचल्ने गरि अपाङ्ग हुनु भएका उहाँ अहिले ह्वीलचेयरमा जीवन विताउन बाध्य हुनु हुन्छ । उहाँको स्याहारसुसार अहिले उहाँकै दाईभाउजु किसन ढेंगा र मायाँ ढेगाले गरिरहनु भएको छ।गत वर्ष छत्रकोट गाउँपालिकाको आयोजनामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा मार्फत व्यवसायिक डल कुसन तालिम लिनु भएको उहाँले अहिले आफ्नो अधिकतम समय डल कुसन उत्पादन मै बेतित गर्ने गर्नु हुन्छ ।यसलाइ आफ्नो मुख्य पेसा बनाई आर्थिक रुपमा समेत आत्म निर्भर हुने हेतुका साथ उहाँले आज आफ्नै निवासमा व्यवसायको स्थापना समेत गर्नु भयो।विगतमा धेरै तालिम दिईरहँदा पनि कसैले तालिमको प्रभावकारी रुपमा व्यवहारमा कार्यान्वय गरेको विरलै देखियो।आफू अपाङ्ग भएर पनि सपाङ्ग जसै गरि तालिमलाइ व्यवहारिक कार्यान्वयन गर्दै सवैका लागि उदाहरणका स्रोत बनेको भन्दै उहाँलाई आज गाउँपालिकाले एक कार्यक्रमका विच सम्मान गरेको छ।गत आर्थिक वर्ष डल कुसन तालिम लिने जम्मा १३ जना सहभागी मध्ये उहाँ एकल पुरुष त्यसमा पनि अपाङ्ग हुनु हुन्थ्यो ।गाउँपालिकाको आयोजनामा भएको सम्मान कार्यक्रममा वडा अध्यक्ष तेजकान्त अर्यालको अध्यक्षता एवम् छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीको प्रमुख आतिथ्य ता रहेको थियो।यस्तै जिल्ला समन्वय समिती गुल्मीकी सदस्य गंगा पन्थ,गाउँकार्यपालिका सदस्य पुष्पा सार्की,वडा सदस्यहरु वावुराम अर्याल ,गुमान सिंह पुन,वडा सचिव खिमलाल पन्थ र नेकपा एमाले जिल्ला कमिटी सदस्य राम प्रसाद पाण्डे लगाएतको समेत आतिथ्यता रहेको थियो।
कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष भण्डारीले अपाङ्ग भएर पनि सपाङ्ग भए जस्तै गरि तालिमको प्रभावकारी कार्यान्वय गरि सवैका लागि उदाहरणीय तथा प्रेरणाको स्रोत बनेको भन्दै धन्यवाद सहित आगामी दिनमा समेत थप सफलताको शुभकामना ब्यक्त गर्नु भयो।गत वर्ष वडा नं ३मा डलकुसन र दुनाटपरी गरी जम्मा २१ जनालाई व्यवसायिक सीप तालिम प्रदान गरिएको थियो।जसमा तालिमको प्रभावकारी कार्यान्वयन गरेको भन्दै ढेंगालाई वडा भरका २१ जना तथा गाउँपालिका भर विभिन्न आठ प्रकृतिका व्यवसायिक तालिम गरी जम्मा ८४ जना लघु उद्यमीहरु मध्येबाट गाउँपालिका कै उत्कृष्ट लघु उद्यमीको रुपमा सम्मान गरिएको लघु उद्यम विकास सहजकर्ता यमुना अधिकार शर्माले बताउनु भयो। गाउँपालिकाले आज उहाँलाई सिलाई मेसिन सहित प्रमाणपत्र ले सम्मान गरेको हो।सम्मान गरेकोमा गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै उहाँले आफू अपाङ्ग भएकोले पनि प्रभावकारिता का साथ तालिमको सदुपयोग गरेको तथा आर्थिक रुपमा समेत आत्मनिर्भर हुने हेतुले आफ्नै व्यवसायको स्थापना गरेको बताउँदै आफुले गाउँपालिका मार्फत पाउनु पर्ने सवै प्रकारका सेवासुविधाहरु गाउँपालिकाले उपलव्ध गराउने विश्वास पनि व्यक्त गर्नु भयो। उहाँले आफ्नो सफलताको पहिलो आधार दाईभाउजु को साथ सहयोग र त्यसपछिको पाटो भनेको गाउँपालिका सहित अन्य निकायहरुको साथ,सहयोग,सहानुभुति र सद्भाव रहेको पनि बताउनु भएको छ।
प्रतिक्रिया राख्नुहोस्