राम बहादुर बिश्वकर्मा
प्युठान,मानिसको जीवनमा अनेकन घुम्ती आउँछ।कतिपय घुम्ती,बाध्यता,अप्ठ्यारा, कठिनाइ,संकटले जीवनमा नयाँ आयाम ल्याउँदछ।
प्युठान नगरपालिका ९ मरन्ठानाका गोबिन्द सुनार बाल्यकाल देखि नै भारत पसेर करिब दुई दशक सिलोङमै बित्यो।
उनलाई त्यतिबेला लाग्यो कि उमेरले ४० काट्न थाल्यो।भारत बसेर दशकौं वर्ष बितेको पत्तै भएन कति बस्नु र भारतमा न पैसा कमाउन सकियो,न त इज्जत।
अन्ततः गोबिन्दले आफू ४१ वर्षको उमेरमा आएर भारत नजाने निर्णय दिए।सायद भारतका लागि पाएको हण्डर र ठक्करले पाठ सिकायो।उनका निर्णयमा परिवारको पनि साथ,सर्मथन रह्यो।नेपालमै नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो।
सुरुमा किराना पसल खोल्ने मनस्थिति बनाए र पसल सुरु पनि गरे तर सामान उदारो गएकाले ब्यापार उनको लागि अपार हुन पुग्यो। र उनले ब्यापार बाट चटक्कै हात झिके तर कृषि कर्ममा जोडिए अहिले गोबिन्दको दैनिकी फेरिएको छ।
उनी उमेरले अहिले ५५ वर्षको भए।२०७५ सालदेखि थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो । अहिले उनी सफल किसानका रूपमा परिचित भइसकेका छन्।प्युठान नगरपालिका वडा नम्बर ९ स्थित आफ्नै बारिमा कृषि कर्म गरिरहेका छन्।
तरकारी खेतीसँगै ब्रोइलर कुखुरा,बङ्गुर पालन,माछापालन गर्दै आएको गोबिन्दले बताए।‘भारतमा धेरै समय खेर फालिएको रहेछ,सुरुबाटै कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला?जे होस्, अहिले राम्रै कमाइ भइरहेको छ,बेमौसमी गोलभेँडा मेरो फार्मको मुख्य आम्दानीको स्रोत हो।
परिवारको साथ
अहिले उनीसँगै उनको कृषि कर्ममा उनकी श्रीमतीसमेत सक्रिय छिन्। साथमा सहयोग गर्ने एक छोरा पनि छन्।अहिले उनका छोरा जनता मा बि बाग्दुलामा कक्षा १० मा अध्ययनरत छ्न। उनी परिवारको साथबाट व्यवसाय सञ्चालन गरेर अगाडि बढ्दा सन्तुष्टि मिलेको बताउँछन्।
‘करिब ५ रोपनी आफ्नै बारिमा फार्म आफैले विस्तार गरेका हौँ, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन,’इश्वरिले भनिन्,‘आफ्नो खायो,आफ्नै काम गर्यो आनन्दको जीवन बिताउन पाइयो,अहिले खुर्सानी भित्राउने सिजन चलेको छ वार्षिक २५ देखि ३० लाखको कारोबार गरिएकै हुन्छौँ ।’सुनार दम्पतीले सृजनशिल पशुपन्क्षी तथा कृषि फार्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका छ्न।उनीहरुले फार्म सञ्चालनमा रोगव्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो गरे।
‘नेपालमा कृषि पेशालाई आधुनिकीकरण गर्न अब केही समय लाग्ला तर,पनि कसरी कृषि उब्जाउ बढाउन सकिन्छ भन्ने ज्ञान अझै पनि सबैमा छैन्।यसमा चाहिँ सबैले केही सिकेर अगाडि बढ्ने हो भने हामीले अन्य देशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुँदैन’,उनले भने।कृषि पेशालाई आत्मनिर्भर बनाउन कसरी लाग्ने भन्ने ज्ञानको कमी नेपालीमा रहेको उनको बुझाइ छ। आम्दानी हुँदैन भनेर कृषि पेशा नगर्ने प्रचलनलाई तोड्नुपर्ने उनले सनुाए। ‘कृषि पेशा भन्ने बित्तिकै शिक्षित मानिसले छुनु हुँदैन भन्ने सोच पनि छ। त्यसलाई परिमार्जन गर्नु आवश्यक छ। कृषि पेशामा लाग्न मिहिनेतको नि त्यत्तिकै जरुरी छ। आजको समयमा सबै युवा बर्ग कृषिमा नाफा छ भनेर सुनिश्चित हुन नसकेका कारण विदेशीने क्रम बढ्दो छ। त्यसलाई परिर्वतन गर्नु आवश्यक रहेको उनको भनाइ छ।स्मार्ट कृषि कार्यक्रम बाट ४ वटा प्लास्टिक टनेल र ६८ हजार अनुदान र भर्खरै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले रु एक लाख पोखरी निर्माणका लागि अनुदान दिइसकेको बताउँदै सुनार दम्पतीले बेलाबेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र विभिन्न तरकारीमा रोगको प्रकोप आएको बताउँछन्।
अहिलेसम्म करिब रु १५ लाखको लगानी भइसकेको छ।’उनको फार्ममा अहिले खुर्सानी र टमाटर रहेका छन्।
सुनार दम्पतीले कृषिमा बिचौलियाको अन्त्य गर्नुपर्छ भन्दै बिचौलियाले सस्तोमा खरिद गरी महङ्गोमा बेच्दा असली किसान र उपभोक्ता दुवै मारमा पर्दै आएको गुनासो गरे।
‘किसानले मेहेनत गरेर उब्जाएको तरकारी र पशुजन्य वस्तु बिचौलियाले धेरै नाफा कमाएको आफूले महसुस गरेको छु,’उनले भने,‘ बिचौलियाको अन्त्य गर्न सके आफूजस्ता किसानलाई सहज हुनेछ।’ सरकारले सस्तोमा ऋण सुविधा दिएमा लगानी थप्न निकै सहज हुने उनको भनाइ छ।
आफूमा धैर्यता आत्मविश्वास र मिहिनेतलाई लगाव दिएर अगाडि बढ्न सकेको खण्डमा सफल हुनसकिन्छ भन्ने आत्मविश्वास रहेको उनले सुनाए। नेपालमा अवसरको खाँचो छ भन्नेका लागि सृजनशिल पशुपन्क्षी तथा कृषि फार्मका सञ्चालक गोविन्द सुनार प्रेरणाको स्रोत बन्न सक्छन्।




प्रतिक्रिया राख्नुहोस्