सीता बि.क
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोलामा चप्पल उत्पादन सम्बन्धि सिप बिकास तालिम सम्पन्न भएको छ। प्युठान नगरपालिकाको आयोजनामा गरिबि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत तालिम सम्पन्न भएको हो।
जेष्ठ १७ गते बाट सुरु भएको उक्त सीप बिकास तालिममा ६ जना महिलाहरुको सहभागीता रहेको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो।
प्युठान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नेत्र बहादुर के सि ले मङ्गलबार एक कार्यक्रमको बिच प्रशिक्षार्थीलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो।
प्रमाणपत्र वितरण गर्दै उहाँले तालिमको माध्यमबाट योग्य र दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले रोजगारी र साना,घरेलु र लघु उद्यमी वृद्धि सङ्गै माहिलाको आयस्रोत बढ्ने बताउनुभयो ।
सिपले मानिसलाई आत्मनिर्भर बनाउछ उहाँले भन्नुभयो -"सीप सिक्ने मात्र ठुला कुरा होइन स्वरोजगार बढ्ने ठूलो कुरा हो"कम्तीमा १० जनालाई रोजगारी दिन सक्ने गरि चप्पल उद्योग चलाउन समेत आग्रह गर्नुभयो।
तालिमले आफुहरुलाई फाईदा भएको सहभागि महिलाहरुले बताएका छन। आगामि दिनहरुमा पनि यस्तै प्रकारका तालिमहरु सञ्चालन गर्न नगरपालिकालाई आग्रह गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्