विद्यालय सुधार र गुणस्तर वृद्धिका लागि बाल बिध्यामा थालियो शैक्षिक बहस 

विद्यालय सुधार र गुणस्तर वृद्धिका लागि बाल बिध्यामा थालियो शैक्षिक बहस 

राम बहादुर बिश्वकर्मा 
प्युठान,बिद्यालय सुधार र शैक्षिक गुणस्तर वृद्धिका लागि समिक्षा संगै आगामी योजनाका बारे अन्तरकृया गरिएको छ। प्युठान नगरपालिका वडा नम्बर -९ मरन्ठाना मजुवाको सिकाई उपलब्धि र सुधारका लागि बृहत छलफल र अन्तरक्रिया गरिएको हो।  चालू आर्थिक बर्ष सुरु भए सङ्गै बाल बिध्या माध्यामिक विद्यालयको अवस्था र संचालन भएका शैक्षिक गतिविधिको बारेमा बिध्यालयका प्र.अ केशु प्रस्तुतीकरण गर्नुभयो।प्रअ गिरीले प्रस्तुतीकरण गर्दै विगतको तुलनामा सिकाइ उपलब्धि वृद्धि भैरहेको दाबी गर्नुभयो।
प्युठान नगरपालिकाले विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी रुपमा क्षमता वृद्धि गर्न नगरपालिकामा ४ वटा सिकाई सुधार कार्यबिधि निर्माण गरिएको नगर प्रमुख बिष्णु योगिले जानकारी दिनुभयो।नगरपालिकामा शैक्षिक क्षेत्रलाई सुधारात्मक तरिकाले अगाडि वढाउँदै विद्यार्थीको पठन पाठनमा सुधार तथा सिकाइ प्रभावकारी वनाउनका लागि सिकाई वृद्धि कार्यबिधी निर्माण गरिएको बताउदै उहाँले जिम्मेवारी पन्छाउने । जस खोसाखोस गर्ने । अपजस झोसाझेस गर्ने सैलीबाट होइन सामुहिक विवेककासाथ समस्याहरुको सहि पहिचान गर्दै समाधानका लागि उपयुक्त विकल्पहरु खोज्नु आजको आवश्यकता रहने बताउनुभयो।
उहाँका अनुसार नगरपालिका भित्र मौजुदा नीति,योजना,कार्यक्रम,पाठ्यक्रम,परीक्षा,उस्तै शिक्षक प्रवन्ध र समान आर्थिक सामाजिक परिवेशका विचबाट सिकाइ उपलब्धि रहरलाग्दो बनाएका विद्यालयहरु पनि छन्।ति विद्यालयहरु हाम्रो सुधारको मानक हो । उत्प्रेरणाको आधार हो । उर्जा हो।मार्गदर्शन पनि हो।

बालबालिका देशको भविष्य निर्माणको मेरुदण्ड भएकाले समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लागि बालबालिकाको सिकाई उपलब्धिमा केन्द्रीकृत हुनुपर्ने नगर उप प्रमुख देवेन्द्र वर्माले बताउनुभयो।
प्रभावकारी सिकाइ उपलब्धि वृद्धिका लागि शिक्षकलाई जवाफदेही,जिम्मेवारी र कर्तव्यबोध गराउनमा प्र.अ को महत्वपूर्ण भुमिका रहन्छ उहाँले भन्नुभयो।बिध्यालय ब्यबस्थापन समितीका पुर्ब अध्यक्ष तथा समाजसेवी टेकुलाल गिरीले  बिद्यालय शिक्षाको व्यवस्थापनमा प्रधानाध्यापकको महत्वपुर्ण भुमिका हुने बताउनुभयो। शिक्षा क्षेत्र अति संवेदनशील रहेको भन्दै उहाँले यो क्षेत्रको सुधार र विकासको लागि शिक्षक,अभिभावक तथा सरोकारवाला पक्षसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो। यस्तै जानकी माबिका पुर्ब प्र.अ तथा शैक्षिक जानकार बामदेव पोख्रेलले सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रधानाध्यापक कुशल र असल प्रशाशक बन्नुपर्नेमा जोड दिदै शैक्षिक गुणस्तर अभिबृधि हुने कृयाकलापमा केन्द्रित हुनुपर्ने बताउनुभयो।
गर्न चाहे सकिन्छ भन्ने मानसिक तथा आत्मिक दृढता हाम्रो प्रस्थान विन्दु हुन आवश्यक छ । उहाँले भन्नुभयो " बिध्यार्थिको सिकाइ उपलब्धिमा सुधारका लागि आधार तहबाट समस्याहरुलाई गम्भीरतापुर्ण तरिकाले हेरौं।"
अन्तरक्रिया कार्यक्रममा शिक्षक,बिध्यार्थी,बिध्यार्थी अभिभावक संघका अध्यक्ष नर बहादुर बिष्ट,अभिभावक पुर्ब अध्यक्ष बासुदेव के सि,तत्कालीन मरन्ठाना गाबिस अध्यक्ष बोम बहादुर भण्डारी,प्युठान नगरपालिका वडा ९ का वडा अध्यक्ष बिकास के.सि,वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के.सि, बुधिजिवी तथा समाजसेवी सत्य बहादुर बुढाथोकी,कृष्ण बहादुर खड्का लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।विद्यालय शिक्षाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन कुनै न कुनै रुपमा जिम्मेवारीको अंशियारी,साझेदारी,हिस्सेदारी बहन गर्नु पर्ने पक्षहरुको आम धारणाको सार माथी उल्लेख गरिएको थियो।
खस्किँदै गएको सामुदायिक शिक्षाको सिकाई उपलब्धिलाई प्राथमिकतामा राखेर बिध्यालयको सिकाई उपलब्धिको समिक्षा सहित बिध्यालय ब्यबस्थापन समितिले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के.सि बताउनुभयो।
अन्तरक्रियाबाट शैक्षिक सुधारका लागी वडा कार्यालय,विद्यालय प्रशासन तथा व्यवस्थापन समिति,समुदायस्तरबाट अभिभावक र विद्यार्थीहरुले अनिवार्य गर्नु पर्ने सम्भावित काम तथा पुरा गर्नुपर्ने कर्तव्य सहितको आचारसंहिता कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो । 
उहाँका अनुसार बिध्यालय ब्यबस्थापन समितीले सरोकारवाला निकाय सबैको सहयोग र साथको अपेक्षा समेत गरेको छ ।