सरुमारानीमा एमाले प्रवेशको लहर,माओबादी केन्द्र वडा कमिटी अध्यक्ष थापाको नेतृत्वमा ५१ जना पार्टी  प्रवेश

सरुमारानीमा एमाले प्रवेशको लहर,माओबादी केन्द्र वडा कमिटी अध्यक्ष  थापाको नेतृत्वमा ५१ जना पार्टी  प्रवेश

सीता बि.क
प्युठान,सरुमारानी गाउँ पालिकामा एमाले प्रवेश गर्नेको लहर चलेको छ ।
माओबादी केन्द्र सरुमारानी वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष लाल बहादुर थापा मगर को नेतृत्वमा ५१ जना एमाले प्रवेश गरेका हुन।
संविधान सभा सदस्य धन बहादुर रायमाझी,लुम्बिनी प्रदेस कमिटी सदस्य एवं सरूमारानी गाउँपालिकाका,अध्यक्ष झग बहादुर विश्वकर्मा,जिल्ला कमिटी सदस्य चिन्त सोमैले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो।बिहिवार सरुमारानी गाउँपालिका-४ सिरबारीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम बाट पश्चात् सरूमारानी ४ काे हपुरखाेला,जङ्गले,सनचर खाेला,शिरवारी,अम्मरे,पुर्णगाउँ,खाई,खन्नेरी,दह र हपुरबेशी पुर्ण एमालेमय भएको नेता चिन्त सोमैले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा नेकपा(माओवादी केन्द्र)सरूमारानी गापा ४ नं.वडा कमिटीका अध्यक्ष लाल बहादुर थापा मगर,अगुवा कार्यकर्ताहरू तुल बहादुर घर्ती मगर ,तेज बहादुर बुढाथोकी,रूपेस थापा मगर,वीर बहादुर थापा मगर (विकास) सहित ५१ जना कार्यकर्ताहरू नेकपा (एमालेमा) प्रवेस गर्नु भएको छ।पार्टी प्रवेश कार्यक्रम पश्चात छोटो मन्तव्य राख्दै नेता लाल बहादुर थापा मगरले आफूहरुले लामो समय देखिको राजनीतिक जीवन ठूला नेताको भूलभुलैयामा लागेर खेर फालेको भन्दै आफू एमालेमा जोडिन पाउँदा खुशी भएको बताउनुभयो। उहाँले मुलकका सबैखाले समस्याको समाधान एमालेले मात्र गर्न सक्ने भएका कारण पनि आफूहरु एमालेमै एकताबद्द हुन बाध्य भएको बताउनुभयो ।
पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै संविधान शभा सदस्य धन बहादुर रायमाझीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर विकास र समृद्धिको आधार निर्माण गर्न एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको बताउनुभयो।
रायमाझीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठूलो क्षति पुगेकाले एमालेले आफ्नो मूल प्रतिस्पर्धी पार्टी कांग्रेससँगै सहकार्य गर्न बाध्य भएको जिकिर गर्नुभयो।उहाँले एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरी सहकार्य गर्ने बताउनुभयो।रायमाझिले कांग्रेस आफूहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि वर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दाबी गर्नुभयो।
एमाले सधै मुलुकमा स्थिरता,विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेससँग सहकार्य गर्न पुगेको बताउनुभयो । 
रायमाझीले आफू पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेशको कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने उल्लेख गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रमा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य झग बहादुर बिश्वकर्माले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमालेप्रति विश्वास र भरोसा बढेको बताउनुभयो।बिश्वकर्माले सरुमारानी गाउँपालिका पनि एमालेले जितेको र यहाँका जनप्रतिनिधिहरुको कार्यशैली र विकासप्रतिको लगावले आज ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेसको लहर चलेको बताउनुभयो।उहाँले जनताले जसरी एमालेलाई विश्वास गरेका छन्सो।ही आधारमा जनप्रतिनिधिले काम गर्दै जानु पर्नेमासमेत जोड दिनुभयो।आफूले यसरी एमाले प्रवेशको लहर देख्दा अब आफ्नो पालिकामा प्रतिपक्षीनै नहुने हुनकी भन्ने आभास भएको बताउनुभयो।अध्यक्ष बिश्वकर्माले एमाले जनताको पार्टी भएकोले हिजो आफूहरुलाई एउटा विश्वासले जिम्मेवारी दिनुहुने तमाम जनताको भावना अनुसार आफूले काम गरिरहेको भन्दै आजको पार्टी प्रवेशको लहरले आफूलाई थप जिम्मेवारी थपेको बताउनुभयो।
कार्यक्रमा बोल्दै एमाले प्युठानका नेता चिन्त सोमैले एमालेमा आकर्षण बढ्दै गएकाले पार्टी प्रवेशको लहर नै चलेको बताउनुभयो।‘एमालेप्रति आमजनताको निक्कै ठूलो आकर्षण छ।पार्टी प्रवेशको लहर आइरहेको छ,’नेता सोमैले भन्नुभयो,नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै सरुमारानीमा मिसन ८४ सफलतातर्फ उन्मुख भएको दाबी गर्नुभयो । 
कार्यक्रम हुम बहादुर थापा मगरकाे अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको सन्चालन वडा कमिटी सचिव देविराम रेस्मी मगरले गर्नुभएको थियो।