झिमरुकमा फुट्यो गठबन्धन, माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष

झिमरुकमा फुट्यो गठबन्धन, माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष

प्यूठान,झिमरुक गाउँपालिका प्यूठानमा सत्तारुढ दलको गठवन्धन फूटेको छ । तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको सत्ता गठवन्धन गर्ने केन्द्रले निर्णय गरेपनि उनीहरुबीच सहमती हुन सकेन । माओवादी केन्द्र र नेपाली कांग्रेसले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राजमो बाहेकको गठवन्धन गरेका छन् ।पद बाडफाँड सहित सहमती भएको सोमवार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस झिमरुक गाउँपालिका पार्टी सभापती मिनराज भट्टराई र नेकपा माओवादी केन्द्रका झिमरुक अध्यक्ष झक बहादुर जिसीले संयूक्त रुपमा विज्ञप्ती जारी गरी वडा तहमै भागवण्डा गरी गठवन्धन गरिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमती भएको छ । मसाल सहितको गठवन्धन गर्ने लामो छलफल भएपनि तीन दलबीच सहमती जुट्न नसक्दा दुई पार्टीको मात्र गठवन्ध भएको उनीहरुले बताएका छन् । सहमती अनुसार वडामा जुन दलको वडा अध्यक्ष उमेदवार हुन्छ त्यही दलकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमती दुई दलबीच भएको छ ।हाल झिमरुक गाउँपालिकामा नेकपा मसालको सत्ता छ । झिमरुक गाउँपालिकाको प्रत्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस चौथो शक्ति हो । एमाले तेस्रो शक्ति हो ।