बालक सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त,भाइरल प्रवृत्तिले असर पुर्याएको ठहर  

बालक सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त,भाइरल प्रवृत्तिले असर पुर्याएको ठहर  

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताएका छन्।ओलीले सचिन एक प्रतिभाशाली बालक भएको उल्लेख गरेका छन्।त्यस्तै, पारिवारिक बेमेल र सामाजिक सञ्जालकाे भाइरल प्रवृत्तिले असर पुर्याएकाे घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर प्रतिक्रिया दिनुपर्ने उनले बताएका छन्।‘एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ’,उनले लेखेका छन्, ।