युवा संघ प्युठानको ११ औं अधिवेशन बैशाख २५ गते लाई तोकियो

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल प्युठान शाखाको ११औँ अधिवेशनको मिति तोकिएको छ।
सङ्घको पदाधिकारी बैठकले यहि बैशाख २५ गते अधिबेशन आयोजना गर्ने निर्णय गरेको सङ्घका उपाध्यक्ष महेश पाण्डेले जानकारी गराउनुभयो।
अधिबेशन आयोजनाका लागि भोलि देखि नै आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने लगायतका निर्णय भएका छन उहाँले भन्नुभयो। अधिबेशनले पार्टीको नीति,निर्णय र नेतृत्वलाई आत्मसात गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उहाँको भनाई छ।
बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिब इन्द्रमणी पोख्रेलले युवा संघ नेपाल नवीनता, सृर्जनशीलता, गतिशिलतासहित परिवर्तन,निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक संगठन को रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो।
केन्द्रिय समितीको सर्कुलर प्रस्तुत गर्दै संघ संघ अध्यक्ष बिशेक थापाले तोकिएको जिम्मेवारी सहित अधिबेशन तयारीमा जुट्न समेत आग्रह गर्नुभयो।
राष्टिय युवा सँघ को केन्दिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज पिम बहादुर पुनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै जिल्ला स्थित युवालाई सामाजिक आर्थिक तथा राजनीतिक रुपान्तरण गर्न अधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो।