वडा अध्यक्ष पौडेलले आफ्नो जन्मदिनमा आमा बुवाको नाममा गरे अक्षयकोष स्थापना 

वडा अध्यक्ष पौडेलले आफ्नो जन्मदिनमा आमा बुवाको नाममा गरे अक्षयकोष स्थापना 

सीता बि.क
प्युठान,रात दिन नभनी समाज सेवामा दौडीरहने जनप्रतीनीधी हुन नोमराज पौडेल।मल्लरानी गाउँपालिका  वडा नम्वर ३ का वडा अध्यक्ष पौडेलले विविध समयमा विभिन्न लोकप्रीय कामहरु गर्दै आएका छन्।मंगलवार आफ्नो जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा लगानी गरेका हुन।
उनले स्थानीय निर्वाचनमा बिजय पछि जन्म दिनकाे अवसर पारेर  पहिलो महिनाकाे सेवा सुविधा बापतकाे रकम सामाजिक क्षेत्रमा योगदान गर्ने घोषणा गरेका थिए।उक्त सेवा सुविधा बापतकाे रकम रु २१ हजार  ४ सय ५०  रुपैयाँ नेपाल रेडक्रस साेसाईटी धरमपानी उपशाखामा बुवा अामाकाे नाममा केशवराज-बेला कुमारी अक्षकाेष स्थापना गरेको अध्यक्ष पौडेलले बताए।
उनले भनेका छन अक्षकाेषबाट प्राप्त ब्याजबाट धरमपानी उपशाखाले निर्णय गरेबमाेजिम गरिव दुखिकाे मानविय सेवामा खर्च गर्नेछ।
पौडेलले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष सार्वजनिक क्षेत्र,गरिब बिपन्न बालबालिका लाई केही आर्थिक सहयोग गर्ने गरेका छन् ।
यस भन्दा पहिले पनि उनले हजारौंको रकम खर्चेर सामाजिक क्षेत्रमा काम गरि उदाहरणीय कार्य गर्दै आएका छन् ।