झिमरुकले गर्यो जेष्ठ नागरिकहरुलाई सम्मान

प्यूठान,प्युठानको झिमरुक गाउँपालिकाले पालिका भित्रका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।
शुक्रबार पालिकाले ८ वटै वडाबाट सबैभन्दा जेष्ठ नागरिक मध्यबाट छनोट भएका १,१, जना पालिकाका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

जेष्ठ नागरिकलाई सम्मान तथा पालिका स्तरीय जेष्ठ नागरिक संजाल गठन गर्न बसेको भेलालाई सम्बोधन गर्दै पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जेष्ठ नागरिकलाई समाजले हेर्ने दृष्टिकोण अलि फरक भएकोले सबैले आफ्ना बृद्धअबश्थाका आमाबाबु लाई घरबाटै माया र सम्मान गर्नुपर्ने बताएका छन् । बृद्ध बाआमा बाजे बज्यैले परिवारको माया र सद्भाव खोजेको हुन्छन् । उनले भने,"ऊनीहरुको सुरक्षा,संरक्षकत्व र हेरचाह गर्नु पर्छ ।" मान्छे जन्मेपछी बाल युवा बयष्क हुँदै बृद्ध हुनु जीवन चक्र भएकोले सबै जिम्मेवार भएर बृद्धहरुको हेरचाह र संरक्षकको भुमिका निर्वाह गर्नुपर्ने बताए । त्यस्तै पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले समाजका आम वृद्धहरुको चाहाना भनेको परिवारको माया र सद्भाव चाहाने भएकोले ऊनीहरुको हेरचाहमा समय दिनुपर्ने बताए। उनले भने,"सबै घरका सदस्यले वृद्धहरुको इच्छा र मनोभावना बुझेर काम गर्नु पर्छ ।" झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको  अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
उपाध्यक्ष प्रमोद पोख्रेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन यामलाल पोख्रेलले गरेका थिए ।कार्यक्रममा ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ सम्मान हुनेमा मति कुमारी जि.सी.,राधादेबी थापा क्षेत्री,हुमा कुमारी महतरा,अमृता कुमारी जि.सी., लक्ष्मण भट्टराई, पबित्रा देबी खत्री क्षेत्री, खिमादेबी रोका र भुमा कामीलाई   सम्मान गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई नगद ४ हजार, दोसल्ला ,तथा कदर पत्र र लौरो प्रदान गरिएको छ। 
झिमरुक गाउँपालिकाको कार्यालय मच्छिमा आयोजाना गरिएको कार्यक्रममा उपथित हुन नसक्ने जेष्ठ नागरिकहरुको सामाग्री निजका संरक्षकहरुलाई प्रदान गरिएको थियो । 

पालिका स्तरीय जेष्ठ नागरिक जञ्जाल गठन 

जेष्ठ नागरिकको हकहित र संरक्षणको लागि पालिकाका सबै वडाबाट भेला भएका जेष्ठ नागरिकको भेलाले बिष्णु प्रसाद शर्माको संयोजकत्वमा १० सदस्यीय पालिका स्तरीय जेष्ठ नागरिक संजाल गठन गरेको छ । 

जसको सदस्यमा केशवराज पोख्रेल, तेजबहादुर खडका, नुम बहादुर महतरा,पुतला परियार, निम बहादुर बि.क. तेजबहादुर पुन,टुक बहादुर बिश्वकर्मा,ठाकुर गिरी र नेत्रमान गिरी निर्विरोध चयन भएका छन् ।
जेष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिएर राम्रो काम गरेको भन्दै जेष्ठको सुरक्षा र संरक्षणको लागि सबै सरकार जिम्मेवार भएर लाग्नुपर्ने नवनिर्वाचित संजाल संयोजकले बताए ।