इन्डक्सन चुलो बितरण पालिकाको मापदण्ड अनुसार गरिएको छ : नगर प्रमुख योगि 

इन्डक्सन चुलो बितरण पालिकाको मापदण्ड अनुसार गरिएको छ : नगर प्रमुख योगि 

राम बहादुर बिश्वकर्मा
प्यूठान,प्युठान नगरपालिकाले वितरण थालेको इन्डक्सन चुलो गलत मनसाय बाट बितरण नगरिएको प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले बताउनुभएको छ। 
उचित मापदण्ड विना पालिकाले चुलो वितरण गरेको भन्दै विभिन्न क्षेत्रबाट विरोध र आलोचना भएपछि बुधबार नगरपालिका हलमा आयोजना गरिएको पत्रकार सम्मेलनको क्रममा योगिले चुलो बितरण पालिकाको मापदण्ड अनुसार गरिएको  स्पष्ट पार्नुभएको हो। 
उहाँले भन्नुभयो‘चुलो बितरण गलत मनसायले होइन,अधिकतम उपयोग र प्रयोग हुनुपर्छ भन्ने उदेश्य हो।’प्युठान नगरपालिका र बैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको साझेदारीमा खाना पकाउनका लागि स्वच्छ ऊर्जा तथा प्रविधि प्रर्वद्धन कार्यक्रम अन्तर्गगत ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागतमा १ हजार ४ सय विद्युत्तिय चुलो प्राप्त भएको प्रवक्ता सुमन श्रेष्ठले बताउनुभयो। जसमा नगरपालिकाको सात लाख २७ हजार ६२२ रुपियाँ लगानी रहेको छ ।चुलो वितरणका लागि गत भदौ ३१ गतेको कार्यपालिका बैठकले मापदण्ड बनाए पनि निर्वाचन आचार संहिताले गर्दा वितरण गर्न ढिला भएको नगर उपप्रमुख देवेन्द्र वर्मा बताउनुभयो । 
इन्डक्सन चुलोमा प्रयोग हुने भाडा किन्न सक्ने र १५ एम्पियरको एमसीवी विद्युत वाइरिङ भएको परिवारलाई बितरण गरिएको उपप्रमुख बर्माले बताउनुभयो।