राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकामा सञ्चालित कृषि तथा विभिन्न लघु उद्घमको अनुगमन गरिएको छ।
प्युठान नगरपालिका अन्तर्गत आर्थिक बिकास संयोजक सुमन श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो।
उक्त अनुगमन कार्यमा कृषि शाखाका अधिकृत अजित पौडेल,पशु सेवा शाखा प्रमुख गिरिराज पौडेल,आर्थिक बिकास शाखा अधिकृत लेख बहादुर बिष्ट कर्मचारी लगायतको सहभागिता रहेको थियो।
नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरेको विभिन्न परियोजनाको सरोकारवाला निकायबाट स्थलगत संयुक्त अनुगमन गर्ने क्रममा आर्थिक बिकास संयोजक श्रेष्ठले खेतबारीमा नै पुगेर किसानले गरेको तरकारी खेती नियाल्नु भएको हो।
खेतबारीमा पुगेर तरकारी खेती तथा अन्य आयमुलक गतिविधिहरुको निरिक्षण गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिका मार्फत नगरका किसानहरु व्यवसायिक रुपमा खेति तथा अन्य गतिविधिहरुमा संलग्न भएका छन्। प्युठान नगरपालिकाका १० वटै वडामा किसानले गरेको तरकारी खेती निरिक्षण गर्दै आर्थिक बिकास संयोजक श्रेष्ठले नगरपालिका बासीले सञ्चालन गरेका उद्यमशिलता गतिविधि उत्साहजनक पाईएको बताउनुभयो। उहाँले तरकारी खेतीमा संलग्न किसानलाई अर्गानिक उत्पादनमा जोड दिन आग्रह गर्नु हुँदै निर्बाहमुखि व्यवसाय छाडेर व्यवसायिक बन्न सुझाब दिनुभयो। श्रेष्ठले गाँउघरमा उब्जेको गाईबस्तुको मल हालेको उत्पादन खायो भने स्वास्थ्यलाई पनि फाईदा पुग्ने बताउनुभयो।
श्रेष्ठले नगरपालिकाबाट किसानका लागि पाईने अनुदानमा किसानलाई समेट्ने बताउनुभयो । ‘काम गर्ने किसानलाई उत्पादनमा जोड दिएर उत्प्रेरित गछौँ,‘उहाँले भन्नुभयो,‘अनुदानका कार्यक्रममा सहभागि गराँछौँ ।’
नगरपालिकाले लिएको नया किसान लक्षित कार्यक्रम,साना सिचाइ कार्यक्रम र भकारो सुधार कार्यक्रम अन्तर्गत भएको अनुगमन तथा जनभेटघाट कार्यक्रमले किसानहरुको भावना, गुनासा,आबश्यकता संगै दुखसुखलाई नजिकबाट महसुस गर्ने थप अबसर मिलेको उहाँको भनाई छ।
अनुगमन टोलीमा संलग्न कृषि सेवा शाखा प्रमुख अजित पौडेलले किसानलाई थोरै क्षेत्रफलमा भन्दा पनि बढी क्षेत्रफलमा तरकारी खेती गर्न सुझाब दिनुभयो उहाँले भन्नुभयो,“थोरै क्षेत्रफलमा गरिएको तरकारी उत्पादनलाई सँधै बजारको अभाव भई रहन्छ त्यही तरकारी धेरै क्षेत्रफल जमिनमा खेती गरेर बढी उत्पादन गरियो भने व्यापारी तरकारी किन्न घरमै आई पुग्छन,बजारको अभाव हुदैन।"
अनुगमनमा सहभागिहरुले विभिन्न तरकारी खेती,पशुपालन लघु उद्यम लगायतको अनुगमन तथा निरीक्षण गरिएको थियो।


प्रतिक्रिया राख्नुहोस्