सत्यसाई अर्डर एण्ड सप्लायर्सको शाखा बाग्दुलामा

राम बहादुर बिश्वकर्मा
प्युठान,युवा व्यवसायी सुर्य चन्द्र खनालले थप नयाँ शाखा सञ्चालनमा ल्याएका छन् ।प्युठान नगरपालिका ८ बाग्दुलामा उनले आजदेखि औपचारिक रुपमा सुविधा सम्पन्न सत्यसाई अर्डर एण्ड सप्लायर्स पसल सञ्चालनमा ल्याएका हुन् ।
पसलको प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले उद्घाटन गरे।उद्घाटनका क्रममा अध्यक्ष  कक्षपतिले व्यवसायिक सफलताको शुभकामना राखेका थिए । प्युठान नगरपालिका ४ बिजुवारमा २०५२ सालदेखि सत्यसाई अर्डर एण्ड सप्लायर्स पसलको नामबाट व्यवसाय गरि आएका उनको यस व्यवसायको शाखा दोस्रो रहेको उल्लेख गरे ।सम्पुर्ण हार्डवयर सङ्गै पेन्टिङका समानहरु सुपथ मूल्यमा उपलव्ध हुने उनले जनाएका छन् । 
सञ्चालक खनालले हार्डवेयर सम्वन्धि सम्पुर्ण सामग्रीहरु पसलवाट सस्तो तथा सुपथ मुल्यमा पाउने भन्दै एकपटक सेवा गर्ने मौका दिन ग्राहकहरुलाई आग्रह गरेका छन् ।उनले पसल उद्घाटन भएको
केहिदिनका लागि हार्डवेयर सामान खरिदमा आर्कषक छुटको समेत व्यवस्था गरिएको बताएका छन् ।
पसल उदघाटनमा विभिन्न  व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।