अबैध १४०० लेयर्स प्रजातिका चल्ला बरामद गरी नष्ट

अनिल नेपाली 

अर्घाखाँचि,अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १ स्थित बसपार्कमा तराई  बाट ल्याएर  लेयर्स प्रजातिका चल्लाहरू अवैध रुपमा बिक्रि बितरण गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोली भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र,अर्घाखाँचीका प्राबिधिक सहितको टोलिले अबैध चल्ला नियन्त्रमा लिई स्थानिय बृद्धिजिविको  उपस्थितिमा १४०० चल्लाहरू २७ गतेको भेटेनरी गरेता पनि ७२ घण्टाको म्याद भएता पनि म्याद नागी सकेकोले  नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभएको छ ।