प्युठानमा देउसी भैलो खेल्न रोक

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रसासन कार्यालय प्युठानले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न,नखेलाउन निर्देशन दिएको छ। बिजया दशमी तथा शुभ दिपावलीको पुर्ब सन्थ्यामा आइतबार सुचना जारी गरि कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो।

तस्बिर:  सर्वदलिय,सर्वपक्षिय उपस्थितिमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा जिल्ला प्रसासन कार्ययालय मार्फत जारी गरिएको सुुुचना

प्रमुख जिल्ला आधिकारि खिमराज भुसालले जिल्ला स्तरका सर्वपक्षिय उपस्थितिमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिस समेतका आधारमा यस अघि जारी भएको निषेधाज्ञा आदेशका विषयहरुलाई निरन्तरता दिंदै प्यूठान जिल्लाभर दशैं,तिहार,छठपर्व,नेपाल संम्वत लगायतका चाडपर्वको अवसरमा मन्दिर तथा कोटघरहरुमा गरिने नियमित पूजाआजाका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि गर्न दिने र सराय नाँच तथा देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालले“मुलुकभर यस वर्ष तिहारमा विशेष मनोरञ्जन कार्यक्रम तथा देउसी भैलो नखेल्न नखेलाउन निर्देशन भएको छ”, उनले भने,“कोरोना महामारी बढ्न सक्ने भएकाले देउसी भैलो लगायतका कार्यक्रम निषेध गरिएको हो।”साथै सूचनाको बर्खिलाप हुने गरि कार्य गरे,गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।