राज डेकोर होमको एक दशक : पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण

पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण

राज डेकोर होमको एक दशक : पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण

राम बहादुर बिश्वकर्मा

प्युठान,कुनै कार्यको सुरबातीको क्षण, ब्यक्तिको जन्मदिन खास लाग्ने गर्छ र त्यही जन्मेको दिनलाई खास बनाउन जन्मोत्सव एक किसिमको खुशीको साथ मनाउने गरेको पाइन्छ।

जन्मोत्सव मनाउनका लागी साथी भाई लगायत संग खुशी व्यक्त गर्दै विभिन्न प्रकारको खानपिन गरि मनाउने फजुल खर्च गर्ने चलनको अन्त्य र एक उदाहरणको रूपमा बन्न सफल भएका छ्न प्युठान नगरपालिका वडा नम्बर ४ का यूवा ब्यबसायी झबेन्द्र शर्मा । शर्माले आफुले स्थापना गरेको ब्यबसाय राज डेकोर होमको १० औँ स्थापना दिबशको अवसर पारेर नेपाल पत्रकार महासंघ प्युठान शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि आर्थिक सहयोग गरेका छन। शर्माले आफुले स्थापना गरेको उक्त फर्म ११ वर्षमा प्रवेशको अवसरमा २५ हजार पाँच सय ५५ रुपैयाँ नेपाल पत्रकार महासघ प्युठान शाखा अध्यक्ष सन्जय रिजाललाई हस्तान्तरण गरेका हुन् ।

तस्बिर: युवा ब्यबसायी झबिन्द्र शर्मा द्वारा पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजाललाई पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गर्दै

उद्योग बाणिज्य संघ प्युठानका पुर्ब कार्यकारी निर्देशक समेत रहेका शर्माले फर्म स्थापना दिबशको अवसरमा समाजको ऐनाको रुपमा काम गर्ने संचार जगतको हितमा प्रयोग गर्ने कल्याणकारी कोषमा रकम महासंघलाई हस्तान्तरण गरेको बताए। सरुमारानी गाउँपालिका -२ बाङेशालमा जन्म लिई हाल प्युठान नगरपालिका ४ बिजुवार भौकामा ब्यबसाय संचालन गर्दै आएका शर्मा विभिन्न समाजिक संघसंस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् ।

जस्तोसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा खटिएर समाचार संप्रेषण गर्ने सञ्चार क्षेत्र र संचारकर्मीहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा खुशी भएको भन्दै आफुले सहयोग गरेको अभियानमा अन्य सबै ब्यबसायीलाई सहयोग गर्न अपिल समेत गरेका छन।

तस्बिर: अनुभव सुनाउदै ब्यबसायी झबिन्द्र शर्मा

नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले कल्याणकारी कोषमा गरेको सहयोग प्रति आभार व्यक्त गरेका छन्। कोषमा सहयोग आउने क्रम जारी रहेको छ। सानै उमेरदेखि निकै मिहिनेती अनुशासित सालिन भद्र स्वभावका शर्माले २०६८ साल भाद्र २० गते मल्लरानी गाउँपालिका ४ खलंगामा २५ हजार रकम बाट लागानी गरि २०७० सालमा प्युठान नगरपालिका ४ बिजुवार भौकामा रहेको राज डेकोर होम संचालन गर्दै आएका झपेन्द्र शर्मा प्युठान मात्र नभई अहिले रोल्पा र घोराहीमा समेत शाखा बिस्तार गरि चर्चित काम गर्न सक्ने क्षमतामान युवा ब्यबसायीको रुपमा चर्चित समेत छन। राज डेकोर होम बाट खरिद गरेको काम सामान गुणस्तरीय र बलियो राम्रो हुने भएका कारण पनि अहिले सम्म झपेन्द्र सफल व्यापारीको रुपमा परिचित भएको एक प्राबिधिकले बताउछन् । सोही क्रममा कोभिड-१९ कारण उपभोक्तालाई परेको चर्को मार र नजिकिदै गरेको बिजयादशमी त शुभ दिपावलिको अबसर पारी फर्निचर तथा फर्निसिङ्ग सम्बन्धि सामाग्री खरिदमा ५ देखि १० प्रतिशत छुट प्रदान गर्ने शर्माले उद्घघोष गरेका छ्न।

प्यठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपती ले जुनसुकै काम गर्न इच्छा शक्ति चाहिन्छ,स्रोतको कुनै कमि छैन ब्यबसाय दिगो बनाउने तरिकाले अगाडि बढ्न चाहेका युवालाई बित्तीय सस्थाले कर्जा लगानी गर्न कन्जुस्याइँ गर्न नहुने बताए । अब मागेर होइन पौरख गरेर खाने दिन आएका छन्,त्यसैले सबैले काम गर्ने कुरा भन्दा धेरै काम गर्नुपर्ने मेयर कक्षपतिको भनाई छ। ब्यबसायी शर्मा बाट युवाहरुले पाठ सिक्नु पर्ने यहाँका स्थानिय तथा जानकारहरु बताउँछन।

तस्बिर: मन्तब्य राख्दै प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपती