प्युठानमा साङ्केतिक भाषा तालिम सम्पन्न 

राम बहादुर बिश्वकर्मा

प्युठान,"बहिरा नागरिकको अधिकार ,साङ्केतिक भाषामा संचार” भन्ने नाराका साथ ४५ दिने साङ्केतिक भाषा तालिम समापन भएको छ।
बहिरा संघ प्युठानको आयोजना तथा प्युठान नगर पालिकाको सहयोगमा सन्चालन गरिएको तालिम बिहिवार जुम्रीमा सम्पन्न भएको हो।
उक्त तालिममा प्युठान नगरपालिका भित्रका १२ जना बहिराहरुको सहभागी रहेको आयोजकले जनाएको छ।हरेक दिन बिहान ७ बजे देखि ११ बजेसम्म बोल्ने र सुन्नेहरुका लागि तालिम दिईएको संघका अध्यक्ष टेकन रानाले बताउनुभयो ।
प्युठान  बहिरा संघका अध्यक्ष टेकमान रानाको अध्यक्षता तथा बप्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा  तालिम  सम्पन्न भएको थियो ।
बहिरा विद्यार्थीहरु सङ्ग संगै अभिभावकलाई र आम पब्लिकलाई पनि साङ्केतिक भाषा सिक्न जरुरी रहेको प्रमुख अतिथि कक्षपतिले बताउनु भयो।बहिराहरुले प्रयोग गर्ने , बोल्ने भाषा , मिनिमम भाषा के के हुन सक्छ उसले ईसारा गर्दा हामिले उनिहरुको कुरा सजिलै बुझ्न सक्छौ र सार्वजनिक यातायात प्रयोग गर्नु गर्दा , कतै जानु पर्दा आफ्नो कुरा अभिव्यक्त गर्दा सजिलो होस भन्ने उद्देश्यले सान्केतिक भाषाको तालिम प्राप्त पछि धेरै जनाको जिवन सरल हुने उहाँ भन्ने बिश्वास छ।
यस साङ्केतिक भाषाको तालिमबाट विद्यार्थीहरुले भबिस्यमा रोजगारी पाउने पनि बिश्वास लिएको बताउनुभयो ।
बहिराहरु बोल्न र सुन्न सक्दैन तर अरु सबै काम गर्न सक्षम रहेको र अवसर पाए अरु भन्दा कम नरहेको समेत बताउनुभयो ।
प्युठान नगरपालिकाले बहिरा समुदाय र साङ्केतिक भाषा शिर्षकमा पहिलोपटक बजेट बिनियोजन गरिएकोमा संघका अध्यक्ष टेकन रानाले धन्यवाद दिनुभयो।
सञ्चारविहीन अवस्थामा बस्नुपर्ने बाध्यता बहिराको पहिलो समस्या रहे पनि साङ्केतिक भाषालाई राष्ट्रिय मान्यतासहित विकास विस्तारमा राज्यले ध्यान दिनुपर्ने बहिराहरु समाजको बहुप्रति भावान अभिन्न अंग हो बहिराहरु समाजका ऐना हुन्,जसले दक्षता र क्षमतालाई सपाङ्गले भन्दा बढी प्रस्तुत गर्न सक्ने समेत अध्यक्ष रानाले बताउनुभयो ।
कान नसुन्ने मान्छेलाई सबैले लाटो भनेर बोलाउने गरेको देखेको छु । उहाँले भन्नुभयो ।"साङ्केतिक भाषा पढेको व्यक्ति लाटो होइन । उसले सम्वाद गर्न सक्छ ।"दोभाषे तथा सहायक प्रशिक्षक चन्द्रकला राना मगरले साङ्केतिक भाषामा हातका इसारा,ओठ र अनुहारको हाउभाउले अक्षर,शब्द वा परिस्थितिलाई बुझाउने काम गरिन्छ। उहाँले भन्नुभयो "सबैतिर साङ्केतिक भाषा एउटै हुन्छ तर शब्दकोश फरक हुन्छ।