राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा पछिल्लो २४ घण्टाको कोरोना भाइरस (कोभिड–१९) को विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी देखिएको छ ।
स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको संख्या बराबरी छ । प्युठानमा आज ४२ जना संक्रमित थपिदा ४२ जना निको भएर घर फर्किएका छन ।
योसहित प्युठानमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९९ पुगेको छ।निको हुनेको संख्या भने २ हजार १ सय ९७ पुगेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो ।
शनिबार सम्म प्युठानमा सक्रिय सङ्क्रमित ३ सय ५४ जना छन । हालसम्म कोरोना संक्रमणबाट जिल्लामा ४७ जनाको मृत्यु भईसकेको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्