प्युठानको बाग्दुलामा नि:शुल्क मास्क वितरण गर्न मास्क बैंक उद्घाटन

प्युठानको बाग्दुलामा नि:शुल्क मास्क वितरण गर्न मास्क बैंक उद्घाटन

सीता बि.क
प्युठान, प्युठान नगरपालिका ८ बाग्दुलामा मास्क बैंक शुरु गरिएको छ । बिपन्नलाई मास्क वितरण गर्न द रेसिङ्ग मोटर पार्ट्स एण्ड सर्भिस सेन्टर का संचालक कृष्ण बहादुर खड्काले यो अभियान शुरु गर्नुभएको हो । आफ्ना स्वर्गीय माता तुलसा खड्का र बुबा पुनराम खड्का को स्मृतिमा प्युठान नगरपालिका ८ स्थित  बाग्दुलामा उहाँले  मास्क बैंक शुरु गर्नुभएको हो ।
कोभिड- १९ को शंक्रमण बढिरहेको बेला पैदल यात्री त्यस्को प्रबाह नै नगरी चेतना जगाउन मास्क बैंक स्थापना गरिएको खड्काले बताउनुभयो ।

‘आफू पनि बचौ र अरुलाई पनि बचाऔ, मास्क नभएकाले निशुल्क मास्क लगाऔ र मास्कको सहि सदुपयोग गरौं ’भन्ने नाराका साथ अभियान शुरु गरिएको सर्भिस सेन्टरका ब्यबस्थापक आशिष खड्काले बताउनुभयो।
यसमा सहयोग गर्न चाहनेले मास्क किनेर छाडिदिनसक्ने छन् भने नभएकाले लैजाने सक्ने ब्यबस्थापक खड्काको  भनाई भनाई छ।

उता जिल्ला प्रसासन कार्यालय प्युठानले पनि मास्क नलगाई हिड्ने ब्यक्ति लाई रोग ऐन अन्तर्गत एक सय रुपैयाँ जरिवाना र जेल सजाय हुन सक्ने अभियान भएको जनाएको छ।
त्यस्तै केही समय अघि जिल्ला भरका ग्रामिण क्षेत्रको मुख्य ब्यापारीक केन्द्र र सडकमा हिड्ने यात्रुका लागि प्रहरीले खै मास्क अभियान चलाएको थियो।