राम बहादुर बिश्वकर्मा
प्युठान,मास्क नलगाई सार्वजनिक स्थलमा हिंड्नेहरुलाई कारवाही सूरु गरिएको छ ।
सरकारले कोरोना नियन्त्रणको लागि सबैभन्दा भरपर्दो उपाय मास्कको प्रयोग भएको भन्दै मास्क नलगाई सार्वजनिकस्थलमा हिंड्ने जोकोहीलाई पनि कारवाही गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिड्नेलाई प्रहरी सडकमा मै सम्झाई बुझाई छोडिएको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा हिड्नेलाई मास्क लगाउन भन्दै प्रहरीले सचेत बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी नरेन्द्र कुमार कार्किका अनुसार जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिंडेका उनीहरुलाई प्रहरीले सम्झाईबुझाई छाडिदिएको हो ।
बुधबार सांझ प्युठान नगरपालिका ४ जुम्री गस्तीमा हिंडेको डिएसपी कार्कि सहितको टोलीले मास्क नलगाउने उनीहरुलाई सम्झाई बुझाई छोडिदिएको हो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्