मासिक ५ हजार नगद दिन बाबुराम भट्टराईको अपील

जेष्ठ २३ काठमाण्डौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले तत्काल तीनै तहको सरकारको संयोजनमा गरीब र अति विपन्न परिवारलाई बैंक खाता खोलेर मासिक ५ हजारका दरले नगद राहत दिन अपील गरेका छन् ।
आज कान्तिपुर दैनिका सरकार पेटभरी खान स छ भन्ने समाचार प्रकाशित भए पछि भट्टराईले त्यही तस्वीर ट्वीट गर्दै कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने नारा मात्र भट्याएर नहुने भन्दै रातहको निम्ती अपील गरेका छन् ।
नाराले मात्रै हुने भए राजा महेन्द्रकै पालामा भोकमरी हटिसक्थ्यो भन्दै ब्यग्य समेत गरेका छन् ।