२७ हजार मतगणना बाँकी हुँदा वैदिकलाई अँगाल्दै डा.पोख्रेलले दिए बधाई

२७ हजार मतगणना बाँकी हुँदा वैदिकलाई अँगाल्दै डा.पोख्रेलले दिए बधाई

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका र झिमरुक गाउँपालिकाको करिब २७ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा नेपाली कांग्रेसका उम्मेदवार डा. गोबिन्दराज पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुसान्त वैदिकलाई मतगणना स्थलमै पुगेर अँगालो हाल्दै बधाई तथा शुभकामना दिनुभएको छ। निकटतम प्रतिस्पर्धी रहेका पोख्रेलले चुनावी प्रतिस्पर्धा सकिएपछि सहकार्य र सहमतिका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
मतगणना चलिरहेकै समयमा उहाँहरूबीच भएको उक्त भेटले उपस्थित कार्यकर्ता तथा सर्वसाधारणको ध्यान आकर्षित गरेको थियो।
सो अवसरमा डा.पोख्रेलले लोकतान्त्रिक व्यवस्थामा चुनाव जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताले दिएको मत र निर्णयलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले निर्वाचन प्रतिस्पर्धा विचार र कार्यक्रमको आधारमा हुनुपर्ने भन्दै परिणामपछि सबैले सहकार्य र सहमतिका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सो अबसरमा डा:पोख्रेलले राजनीतिक दल र राजनीति गर्ने ब्यक्तिको साख बचाउनुहोला।र कम्प्युनिष्ट पार्टिलाई आक्षेप लगाउने काम गर्नुभएको यसलाई कम गर्न आग्रह गर्दै जिल्लाको बिकास निर्माणमा उत्तिकै ध्यान दिन पर्ने बताउनुभयो।
बधाई दिँदै डा.पोख्रेलले राजनीतिक दल तथा राजनीति गर्ने व्यक्तिहरूको साख जोगाइराख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले आपसी आरोप–प्रत्यारोप र अनावश्यक आक्षेपले राजनीतिक वातावरणलाई नकारात्मक बनाउने भएकाले त्यसलाई कम गर्न आग्रह गर्नुभयो।
उहाँका अनुसार राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भए पनि एक–अर्कामाथि निरन्तर आक्षेप लगाउने प्रवृत्तिले जनतामा राजनीति प्रति निराशा बढाउने खतरा रहेको छ। त्यसैले राजनीतिक संस्कारलाई सुदृढ बनाउँदै सभ्य र जिम्मेवार राजनीतिक अभ्यासलाई अगाडि बढाउनुपर्ने उहाँले जोड दिनुभयो।
यसका साथै, कम्युनिष्ट पार्टीमाथि अनावश्यक आक्षेप लगाउने काम पनि कम गर्न आग्रह गर्दै उहाँले विकास निर्माणका सवालमा सबै दलहरू मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जिल्लाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले जनताले राजनीतिक दलहरूबाट अपेक्षा गरेको मुख्य कुरा विकास र समृद्धि भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबै पक्षले सहकार्य र समन्वयको भावना राख्न आवश्यक रहेको बताउनुभयो। जनताको विश्वास जोगाइराख्न पारदर्शी र जिम्मेवार ढंगले काम गर्न पनि उहाँले आग्रह गर्नुभयो।”
यसैबीच श्रम संस्कृति पार्टीका उम्मेदवार गोबिन्द गिरी र नेकपा (संयुक्त) का उम्मेदवार नवीन श्रेष्ठले समेत वैदिकलाई बधाई तथा शुभकामना दिनुभएको छ। उहाँहरूले पनि निर्वाचन परिणामलाई लोकतान्त्रिक प्रक्रियाको रूपमा स्वीकार गर्दै आगामी दिनमा जनताको अपेक्षा पूरा गर्न सफलताको कामना गरेका गर्नुभएको छ।