विरोधी आलोचना,समर्थकको मायाँ: सुर्य थापाको प्युठान गाउँ भ्रमण चर्चामा

विरोधी आलोचना,समर्थकको मायाँ: सुर्य थापाको प्युठान गाउँ भ्रमण चर्चामा

प्युठान,बिहानैदेखि गाउँको मुख्य सडक रंगीन झण्डा,फूल र ब्यानरले सजिएको थियो। गाउँलेहरूको भीड सडक भरिसक्दो थियो। बालबालिका हातमा झण्डा बोकेर,युवाहरू पञ्चेवाजा बजाउँदै र वृद्धहरू फूलको मालासहित उम्मेदवार सुर्य थापालाई स्वागत गर्न तयार थिए।
जब थापा गाउँको केन्द्रमा पुगे,उत्साही भीडले ताली सङ्गै जयजयकार गरे।उनका समर्थकहरूले भने,“विरोधी आलोचना गर्छन् तर हामीले देखाएको मायाँ र साथले उहाँलाई उत्साह दिनेछ।”
स्थानीयहरूसँगको संवादमा थापाले सडक,स्वास्थ्य,विद्यालय र रोजगारी जस्ता मुख्य विषयमा आफ्ना योजनाहरू प्रस्तुत गरे।उनले स्थानीयको सल्लाह र अनुभव सुनेर आफ्नो अभियानलाई थप मजबुत बनाउने आश्वासन दिए।
गाउँका एक वृद्धले फूलको माला सहित भने,“हामीले देखाएको सम्मानले उम्मेदवारलाई मात्र होइन,हाम्रो गाउँको भविष्यलाई पनि जिम्मेवार बनाउँछ।विकास सबै गाउँमा पुगोस् भन्ने हाम्रो आशा हो।”
थापाको यो भव्य स्वागतले स्थानीय जनतासँग प्रत्यक्ष संवादको महत्त्व उजागर गरेको छ। विरोधीहरूको आलोचना र सामाजिक सञ्जालमा गालीले उनलाई रोक्न सकेको छैन बरु गाउँगाउँमा उनका समर्थक र शुभेच्छुकहरूको उत्साह दिनप्रतिदिन बढ्दो छ।
गाउँको पाटी–पाटीमा फैलिएको यो उत्साह चुनावी अभियानलाई मात्र ऊर्जा दिएको छैन,स्थानीय जनतासँगको नजिकको सम्बन्ध र विश्वासलाई पनि प्रकट गरेको छ। यसले आगामी निर्वाचनमा जनमतको दिशा कस्तो हुनेछ भन्ने संकेत स्पष्ट बनाएको छ।