सूर्य थापाको स्नेहिलो भेटघाट : जेष्ठ नागरिकबाट आर्शिवाद ग्रहण

सूर्य थापाको स्नेहिलो भेटघाट : जेष्ठ नागरिकबाट आर्शिवाद ग्रहण

प्यूठान,उम्मेदवार सूर्य थापा केवल चुनावी दौडमै व्यस्त हुनुहुन्न,उहाँ जनताको,विशेषगरी जेष्ठ नागरिकको सम्मान र आर्शिवाद ग्रहण गर्ने भावनाप्रति पनि संवेदनशील देखिनुहुन्छ। आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीबीच थापाले जेष्ठ नागरिकसँगको भेटघाटलाई आफ्नो अभियानको महत्वपूर्ण अंश बनाउनु भएको छ।
आईतबार,गौमुखी गाउँपालिकाको ठुलावेशीमा लालुराम जैसीसँगको भेटले त्यस भावनालाई स्पष्ट बनायो।एमाले प्यूठानले आयोजना गरेको पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाटको अवसरमा,थापाले जेष्ठ नागरिक जैसीलाई भेट्दै भन्नुभयो,“उहाँको चौरासी पुँजाको बेला आउन नसकेकोमा आज भेटेर स्वस्थ एव दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छौं।”सरल शब्दमा,यहाँ भेट केवल औपचारिकता थिएन,यहाँ अनुभव,सम्मान र आर्शिवादको आदान–प्रदान थियो।
यसअघि काठमाडौंमा भएको पार्टीको ११औँ महाधिवेशनको केन्द्रीय कमिटी बैठकको क्रममा ७८ वर्षिय गोविन्द सिंह थापासँग भेट भएको थियो। हाँक साप्ताहिकको ४३ वर्षदेखि प्रकाशक र २९ वर्षदेखि प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका गोविन्दसँगको संवादमा थापाले अनुभव साटासाट गर्नुका साथै आर्शिवाद ग्रहण गर्नुभयो।
प्यूठानमा फर्कँदा थापाले १०५ वर्षिय कविराम वैदिकलाई उहाँकै घरमा भेट्नु भयो। १०५ वर्षको जीवनमा साटिने अनुभव र जीवनदर्शनसँगको संवादले थापालाई अझ गहिरो शिक्षा दिएको छ। पार्टीको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएपछि जिल्ला कमिटी बैठकमा सहभागी हुने क्रममा यो भेट सम्पन्न भएको थियो।
सूर्य थापाको यी भेटघाटले देखाउँछ कि नेता मात्र होइन,उहाँ एक मानव–केन्द्रित व्यक्तित्व पनि हुनुहुन्छ। राजनीतिक यात्रा र चुनावी तयारीबीच, जेष्ठ नागरिकसँगको भेटघाटले उहाँलाई जनताको नजिक ल्याएको छ,अनुभव सिक्ने र मार्गदर्शन ग्रहण गर्ने अवसर दिएको छ।
प्यूठानमा उम्मेदवार थापाको अभियान घरदैलो, कार्यकर्ता भेटघाट र स्थानीय जनसम्पर्क कार्यक्रमसँगै सक्रिय रूपमा अघि बढिरहेको छ। जेष्ठ नागरिकसँगको स्नेहप्रद भेटघाटले यस अभियानलाई केवल चुनावी गतिविधि नभई भावनात्मक र सामाजिक अर्थमा पनि सुदृढ बनाएको छ।