पत्रकारको प्रश्नमा जंगीए बामदेव गौतम : प्यूठानमा विकासको क्रेडिट दाबी 

पत्रकारको प्रश्नमा जंगीए बामदेव गौतम : प्यूठानमा विकासको क्रेडिट दाबी 

राम बहादुर बिश्वकर्मा
प्यूठान,नेपाल कम्युनिष्ट पार्टिका नेता तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम प्यूठान आएपछि आफ्नो कार्यकालमा जिल्लामा भएका विकास परियोजनाबारे पत्रकारहरूले प्रश्न सोध्दा आक्रोशित भएका छन्।उनले स्पष्ट रूपमा दाबी गरे कि उनको कार्यकालमा प्यूठानमा भएको विकास न पहिले भएको थियो,न पछि भएको छ।
गौतमले पत्रकारहरूसँग भने कि उनी मन्त्री र जिम्मेवार भूमिकामा रहँदा जिल्लामा सडक,खानेपानी,स्वास्थ्य,शिक्षा र स्थानीय पूर्वाधारका परियोजनाहरू तीव्र रूपमा अघि बढाएका थिए।उनका अनुसार यी योजनाहरूले प्यूठानको सामाजिक र भौतिक रूपान्तरणको आधार तयार पारेको छ।
तर स्थानीय तहका स्रोतहरू अनुसार विकास कार्यको प्रभावकारिता र निरन्तरतामा मिश्रित प्रतिक्रिया देखिएको छ।कतिपयले गौतमको पहलमा सडक र साना पूर्वाधार योजनाहरू सक्रिय भएको स्वीकार गरेका छन्,तर धेरैले गुणस्तर,दीगो परिणाम र स्थानीय समुदायमा त्यसको प्रभाव कम भएको बताएका छन्।पत्रकारहरूले यी आलोचनाबारे सोध्दा गौतमले कठोर स्वरमा जवाफ दिएका छन्। उनले भने कि धेरै काम राजनीतिक कारणले अधूरा पारिएको छ र केही परियोजनाहरू प्रभावित क्षेत्रीय राजनीतिक परिस्थितिका कारण पूरा हुन सकेनन्।
कालिका गेष्ट हाउस जुम्रीमा प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन प्युठानको संयुक्त आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारबाट सोधिएको प्रश्न “चुनावमा पराजित भएपछि नाकमुख देखाउनु भएन, अहिले प्यूठान किन आउनुभयो?”यसमा गौतमले जवाफ दिँदै भने,“बर्दिया बाट चुनाव लड्नु मेरो कमजोरी थियो। अहिले नेकपा नेतृत्वले जिम्मेवारी दिएकोले गृह जिल्लामा आएको हुँ। म चुनाव लड्न,मन्त्री बन्न सदनमा जाने सोचमा छैन। १७ दल मिलाउन मेरो पनि ठूलो भूमिका रहेको छ। जेन्जी आन्दोलन हाम्रा लागि सकारात्मक छ जसले गर्दा दल मिल्नमा ठूलो अबसर बन्यो।”
गौतमले आफ्नो भनाईमा स्थानीय पूर्वाधार र विकास परियोजनाहरूको विशेष दाबी गरे। उनले भने कि उनका नेतृत्वमा प्यूठानमा सडक, खानेपानी र सामाजिक पूर्वाधार परियोजनाहरू सक्रिय भएका थिए। यी योजनाहरूले जिल्लाको रूपान्तरणको आधार तयार गरेको र जनताको जीवनस्तरमा सुधार ल्याएको गौतमको तर्क छ।
तर जिल्लाबासीको विश्लेषणमा,गौतमको यो अभिव्यक्तिले स्थानीय राजनीतिक वातावरणमा विवाद सिर्जना गर्ने सम्भावना छ।केहीले यसलाई राजनीतिक आत्म-प्रचारको रणनीतिका रूपमा पनि व्याख्या गरेका छन्।
गौतमले प्यूठानमा आएका मुख्य उद्देश्यलाई घुमाउरो तरिकाले स्पष्ट पारे। उनले भने कि पार्टी नेतृत्वले आफ्नो गृह जिल्लामा नेकपा एकता सन्देश शभालाई सम्बोधन गर्ने जिम्मेवारी दिएको भनिएपनी गौतम स्थानीय पार्टी संरचना सुदृढ गर्ने,कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्ने र आगामी राजनीतिक योजना तय गर्ने सोचमा छन्।