राम बहादुर बिश्वकर्मा
प्युठान,लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा पछिल्लो केही वर्षयता निरन्तर सक्रिय भई समाजलाई राहत-सन्देश दिँदै आएका डाक्टर बिबेक के.सी मंसिर १९ गतेबाट आधिकारिक रूपमा वैवाहिक जीवनको नयाँ अध्यायमा प्रवेश गरेका छन्।
प्युठान नगरपालिका-१० मरन्ठाना खरिबोटको शान्त गाउँमा जन्मिएका र हुर्किएका बिबेक,अब बुटवलमै कार्यरत एक दन्त चिकित्सकसँग जीवन–साथीका रूपमा जोडिएका छन्।
डाक्टर बिबेक के.सि र डा:क्षितिज क्षेत्रिको नव जोडि
बिबेकको बाल्यकाल मरन्ठानाको हरियाली,पहाडी गोरेटो र सामुदायको संस्कृतिसँगै बित्यो।
बुबा लोकबहादुर के.सी र आमाले दिएको संस्कार-मानिसको पीडामा सहानुभूति राख,सेवा गर,कामसँग इमानदार बन-यही थियो,जसले उनलाई चिकित्सक बन्न प्रेरित गर्यो।
उनैको यही प्रतिबद्धताले उनलाई बुटवलस्थित चौराहा अस्पताल पुर्यायो,जहाँ उनले वर्षौँदेखि हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रूपमा आफ्नो पहिचान बनाउँदै आएका छन्।
उनको मिलनसार स्वभाव र उपचारमा देखिने मानवीयपनका कारण प्युठान-बुटवल क्षेत्रका धेरै बिरामीहरू “डाक्टर साब त भलाद्मी मात्रै होइनन्,सेवा गर्ने मान्छे हुन्” भनेर सम्झन्छन्।
बुबा लोकबहादुर के.सी र आमा मिठा के.सि को मायाममता र शुभकामना बीच,माइला छोराका रूपमा चिनिने बिबेक के.सी को विवाह संस्कार सरल, सभ्य र पारिवारिक वातावरणमै सम्पन्न गरिएको थियो।
सैनामैना-६, कलौनी,रूपन्देही स्थित स्व.दान बहादुर क्षेत्री एवम् श्रीमती दुर्गा माया क्षेत्री सुपुत्री डा. क्षितिज क्षेत्री बेहुली समेत बुटवलमै डेन्टिस्टका रूपमा कार्यरत छिन।
परिवारका सदस्य,नातागोता र नजिकका साथीहरू उपस्थित रहेर नवदम्पतीलाई आशीर्वाद दिएका थिए।
स्थानीयहरू भन्छन्-“दुवै जना सेवा–भावले भरिएका, नैतिक रूपमा बलिया र पेशामा निष्ठावान व्यक्ति हुन्।
सेवा र मानवीयताको बाटो समातेका दुई स्वास्थ्यकर्मीको मिलनले समाजलाई अझै प्रेरित गर्नेछ,”भनेर शुभकामना व्यक्त गरेका छन्।
दुवै स्वास्थ्य क्षेत्रमा आवद्ध भएकाले जीवन-व्यवसाय दुवै स्तरमा सहकार्य र समझदारी बढ्ने अपेक्षा गरिएको छ।
उनीहरूको पेशागत मिल्दाजुल्दाले भविष्यमा समुदायलाई अझ प्रभावकारी तरिकाले सेवा दिने प्रेरणा मिल्ने विश्वास परिवारले व्यक्त गरेको छ।
प्रतिक्रिया राख्नुहोस्