सिता बि.क
प्युठान,पत्रकार महासंघ प्यूठान शाखाको २४औं स्थापना दिवसको अवसरमा जिल्लाका क्रियाशील पत्रकारलाई स्वास्थ्य परीक्षणमा विशेष छुट सुविधा प्रदान गरिने भएको छ।
निमतारा पोलिक्लिनिक,विजुवार, प्यूठानसँगको समझदारी अनुसार ओपिडी सेवामा १० प्रतिशत,रगत परीक्षण र अन्य ल्याब सेवामा २० प्रतिशत छुट उपलब्ध गराइनेछ।
पोलिक्लिनिकका संचालक डा. सुवास जिसिले बताएअनुसार, यो सेवा सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकारहरूको स्वास्थ्य परीक्षणलाई प्रोत्साहित गर्नका लागि उपलब्ध गराइएको हो।
पोलिक्लिनिकका संचालक डा. जी.सी.का अनुसार हामी हाम्रो पेशा र समाजको सेवा सँगसँगै अघि बढ्न विश्वास गर्छौं। पत्रकारहरू समाजको आँखाका रूपमा काम गर्नुहुन्छ। उहाँहरूको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउनु हाम्रो दायित्व हो।यस पहलले पत्रकारहरूको स्वास्थ्यमा ध्यान पुर्याउन मद्दत गर्ने र समाजमा स्वास्थ्य चेतना फैलाउने विश्वास छ।”
यसैबीच पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले पनि यस पहलको स्वागत गर्दै “जिल्लाका क्रियाशील पत्रकार र महासंघका सदस्यका लागि स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने हाम्रो उद्देश्य हो। यस पहलले पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्