सक्षम शासनको नमुना : सरुमारानी गाउँपालिका प्युठानमा पहिलो

सक्षम शासनको नमुना : सरुमारानी गाउँपालिका प्युठानमा पहिलो

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठानको सरुमारानी गाउँपालिका संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा जिल्लामै पहिलो भएको छ।स्वमूल्यांकनमा जिल्लाका ९ स्थानीय तहमध्ये सरुमारानीले ८७ प्रतिशत अंक ल्याएर प्रथम भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार सरुमरानी गाउँपालिका जिल्लामै प्रथम भएको हो।जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन।सरुमारानी गाउँपालिकाले यसपटक शासकीय प्रवन्धमा ८.५०, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९,वित्तीय व्यवस्थापनमा १०.५०,सेवा प्रवाहमा १३.५०,न्यायिक कार्यसम्पादनमा ७,भौतिक पूर्वाधारमा १०.५०,सामाजिक समावेशीकरणमा ८, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६.५० र सहकार्य तथा समन्वयमा ५.५० अंक हासिल गरेको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिए।
नतिजाअनुसार नौबहिनी गाउँपालिका ८६.५० अंकसहित दोस्रो, मल्लरानी गाउँपालिका ८५.५० अंकसहित तेस्रो र गौमुखी गाउँपालिका ८५.२५ अंकसहित चौथो स्थानमा रहेका छन्।स्वर्गद्वारी नगरपालिका ८४ अंक,झिमरुक गाउँपालिका ७८ अंक,प्युठान नगरपालिका ७८ अंक प्राप्त गरेका छन।जिल्लामै सबैभन्दा कम अंक ७६.७५ प्राप्त गर्नेमा माण्डवि गाउँपालिका रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजजिक गरेको प्रतिवेदनमा उल्लेख छ।अघिल्लो वर्ष(२०७९/८०) नौबहिनी गाउँपालिका ८५ अंकसहित जिल्लामा उत्कृष्ट ठहरिएको थियो।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न,विकास तथा सुशासनका क्षेत्रमा रहेका कमी कमजोरीहरुको जानकारी लिई आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न विभिन्न १० वटा विषय क्षेत्रका १०० वटा सूचकमा मूल्याङ्कन गरी स्थानिय तहको संस्थागत क्षमता मूल्याङ्कनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ जारी गरि आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गर्न थालिएको हो
लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने गर्दछन।नेपाल सरकार,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र स्थानीय तहको बित्तिय सुशासन जोखिम मुल्यांकन प्रणाली सार्वजनिक गर्दै आएको छ।
सरुमारानी गाउँपालिकाले यसपटक शासकीय प्रवन्धमा ८.५०,संगठन तथा प्रशासनमा ८,वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९, वित्तीय व्यवस्थापनमा १०.५०,सेवा प्रवाहमा १३.५०, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १०.५०,सामाजिक समावेशीकरणमा ८, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६.५० र सहकार्य तथा समन्वयमा ५.५० अंक हासिल गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशित भन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अंक ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ।
जनप्रतिनिधिले नीति कार्यक्रम र आवश्यक निर्णय गर्ने पालिका बाट निर्माण हुने ऐन तथा कार्यबिधी अनुसार कर्मचारीले कुशलता र कार्यदक्षता पूर्वक कार्य सम्पादन गरी सम्पादन भएका कामहरुको अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउन सकिने सरुमारानी गाउँपालिकाकाका गाउँ प्रवक्ता चिन्त सोमै मगरले बताए।उत्कृष्ट नतिजाको लागि प्रमुख प्रशासकीय अधिकृतको क्रियाशीलता, कार्य दक्षता,समन्वयकारी भूमिका र जनप्रतिनिधिको नीति निर्माण र कार्यान्वयनमा समन्वयकारी भूमिका रहेको खण्डमा तोकिएको लक्ष्य अनुसार नतिजा ल्याउन सकिने उनको भनाई छ।