प्युठान नगरपालिकामा फरक र नमुना अभ्यास:  सामुहिक राष्ट्रिय गानबाट सुरु हुन्छ कार्यालयको काम

प्युठान नगरपालिकामा फरक र नमुना अभ्यास:  सामुहिक राष्ट्रिय गानबाट सुरु हुन्छ कार्यालयको काम

राम बहादुर बिश्वकर्मा
प्युठान,जब घडीमा बिहानको १० बज्छ तब बाटोमा आउँदै गरेका कर्मचारी तथा कार्यालयभित्र छिरिसकेका कर्मचारीहरु प्राङ्गणमा झर्छन्।नगरपालिका कार्यालयमा आउने प्रमुख प्रशासकीय अधिकृत लगायतका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु लामबद्ध हुन्छन् ।अनि राष्ट्रिय गान बज्न थाल्छ, सबैजना ठाडो शीर गरेर राष्ट्रिय गानमा सहभागी हुन्छन् ।

तस्बिर सौजन्य : माधव गिरी रोजगार संयोजक प्युठान नगरपालिकाको कार्यालय,प्युठान 


कार्यालयमा राष्ट्रिय गान सुरु भएपछि प्रमुख प्रसासकिय अधिकृत सहित अन्य कर्मचारी राष्ट्रिय गानमा सहभागी भएर मात्र आ-आफ्नो कार्यकक्ष तर्फ जाने गर्दछन्।
झण्डै २ साता अघिदेखि प्युठान नगरपालिकाको दैनिकी नै बनेको छ। प्रत्येक दिन आफ्ना नागरिकलाई सेवा प्रवाह गर्नुपूर्व राष्ट्रप्रति सम्मान गरेर मात्रै सुरुआत गरौं भन्ने मुख्य उद्देश्यसहित कर्मचारीहरुले सामूहिक रूपमा राष्ट्रिय गान गर्दै आएको बताउनुहुन्छ भर्खरै मात्र सरुवा भइ आउनुभएका प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारी।
“'राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही,कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी,सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ,प्रमुख प्रसासकिय अधिकृत भण्डारीले भन्नुभयो,“सुशासनयुक्त नगर बनाउनमा  यसले महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने र कर्मचारीहरुलाई समयको पालना गर्नमा पनि यसले नैतिक दवाव दिने गरेको छ।”
नगरपालिकामा आउने कर्मचारीहरु,कार्यालय समयमै आउने,कार्यालयको पोशाक लगाए-नलगाएको जानकारी हुने र कार्यालय सुरु हुनुपूर्व नै गर्नुपर्ने केही निर्देशनहरु भएका त्यहीँ दिन सकिने भएकाले यसको प्रभावकारिता बढ्दै गएको छ।
कतिपय ठाउँहरुमा नागरिकहरुले सरकारी कर्मचारीले समयको पालना गर्दैनन्,काममा ढिलासुस्ती हुन्छ भन्ने गरेको आरोपहरु आईरहेका बेला त्यसप्रति सजग हुँदै समयको पालना तथा सेवा प्रवाहलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन यसले सहयोग पुग्ने विश्वास उहाँको छ ।
जागिरको सिलसिलामा लामो अवधि र धेरै कार्यालय बाट सेवा प्रवाह गरेपनि अहिलेसम्म यसप्रकारको फरक र नमुना अभ्यास प्युठान नगरपालिकामा देखेको शाखा अधिकृत चन्द्र जि सि बताउनुहुन्छ। “सबै कर्मचारी प्रत्येक दिन कार्यालय समय सुरु हुने बेला सामूहिकरुपमा राष्ट्रगानमा सहभागी हुन्छौं” उहाँले भन्नुभयो,“हिजोका दिनमा कार्यालयबाट भएका विविध निर्णयहरु बारे आफुहरुलाई बाहिर बाट जानकारि हुन्थ्यो,अहिले त्यस्तो छैन हामी केही नयाँ विषयका बारेमा जानकारी दिनु लिनुपर्ने भए त्यहीँ छलफल हुन्छ र आ–आफ्नो शाखातिर लाग्छौं।”
कार्यालय खुलेको सुरुआतमै केही सल्लाह,सुझाव तथा निर्देशनहरु प्रमुख प्रसासकिय अधिकृतले शभा हलमा गएपछि मात्र दिने भएकाले फेरि शाखागत रुपमा कर्मचारीहरुलाई थप छलफलका लागि बोलाउनु नपर्ने भएकाले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन सकिने भएको हो।
कार्यालयमा स्थायी र करार कर्मचारी गरि १ सय ५४ जना कर्मचारी रहेको नगरपालिकाले जनाएको छ।


सुसासन मैत्री पार्दर्सिता र मुस्कान सहितको सेवा पहिलो प्राथमिकता :भण्डारी 

तस्बिर :  प्रमुख प्रशाकिय अधिकृत नारायण प्रसाद भण्डारी,प्युठान नगरपालिका  

गुल्मी जिल्ला धुरकोट गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका भण्डारी भर्खर मात्रै रोल्पा नगरपालिका बाट प्रमुख प्रसासकिय अधिकृत को जिम्मेवारी समाल्न दोस्रो पटक प्युठान नगरपालिकामा हाजिर हुनुभएका प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारी निस्कलङकित सक्षम ईमानदार राष्ट्र  सेवकको सुचिमा पर्ने सबैले रुचाएका प्रमुख प्रसासकिय अधिकृत को पहिचान बनाउन सफल अधिकृत हुनुहुन्छ।भण्डारीले प्युठान नगरपालिका को दैनिक प्रसासन तुरुस्त दुरुस्त सुसासन मैत्री पार्दर्सिता लाई पहिलो प्राथमिकता दिएर अाफुले काम गर्ने बताउदै जनताको काम छिटो छरितो मुस्कान सहितको सेवा दिनका लागि कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ।उहाँले जनताका प्रतिनिधि ले बनाएको नीति नियम कानुन लाई अाफुहरुले कार्यान्वयन गर्ने बताउँदै दवाब प्रभाब मा काम नगरि जनमुखि काम गर्नु कर्मचारी हरुको दायित्व भएको बताउँदै सुसासन मैत्री काम गर्न कर्मचारी हरुलाई अाग्रह गर्नु भयो।स्थापना कालमा प्युठान नगरपालिकामा रहदा निकै राम्रो काम गरि नगरपालिका लाई अब्बल बनाउन निकै ठुलो भुमिका मात्रै नखेलि प्युठानमा सबैभन्दा प्रिय हाकिमको रुपमा परिचित पहिचान बनाउन सफल हुनु भएको थियोे।
म हरेक काम कानुन र नियमअनुसार जनप्रतिनिधिसँगको समन्यवमा मात्रै गर्छु,’उहाँले थप्नुभयो,‘म गएका सबै पालिकामा सहज र बुझ्ने जनप्रतिनिधि पाएको छु । त्यसैले पनि लामो समय टिक्न सफल भएँ ।’ 
नागरिकमैत्री,विधिको शासनमैत्री र विकासमैत्री जनप्रतिनिधि भएको पालिकामा कर्मचारीलाई काम गर्न सहज हुने उहाँको विश्वास छ ।
जनप्रतिनिधिले नियम,कानुन नमान्ने,काम नगर्ने हो भने कर्मचारी टिकाउ नहुने उहाँले बताउनुभयो। जनप्रतिनिधिले पनि कर्मचारीलाई विश्वास गरेर कानुनी मान्यता अनुसार काम गर्नुपर्ने उहाँको धारणा छ । 

प्युठान नगरपालिकामा कर्मचारी र जनप्रतिनिधि बिच हुने अनमेलले प्रमुख प्रसासकिय टिक्दैन्न भन्ने प्रचार निराधार हो : प्रवक्ता श्रेष्ठ

तस्बिर : नगर प्रवक्ता सुमन श्रेष्ठ प्युठान नगरपालिकाको कार्यालय,प्युठान 


प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन श्रेष्ठले परिवर्तन चाहने प्रशासकीय अधिकृतको रूपमा लिनुहुन्छ। बिगतमा यस कार्यालयमा उहाँले  करिब २ बर्ष काम गरिसकेको अनुभव छ,भर्खरै यहाँ उहाँको आगमन भएको छ ‘उहाँसँग काम गर्ने सुरुवाती चरणमा रहेको भन्दै पछिल्लो समय यता, प्युठान नगरपालिकामा कर्मचारी र जनप्रतिनिधि बिच हुने अनमेलले प्रमुख प्रसासकिय टिक्दैन्न भन्ने प्रचार छ त्यो निराधार हो प्रवक्ता श्रेष्ठले भन्नुभयो-"कर्मचारी बस्न चाहनु नचाहनु उहाँको कुरा हो, कर्मचारी सरुवा बढुवा गर्ने काम भनेको संघीय सरकारको हो।‘हामी परिवर्तन चाहने जनप्रतिनिधि हौँ।तर उहाँ नियममा बसेर काम गर्नुहुन्छ,’उहाँले भन्नुभयो,‘नहुने कुरामा जनप्रतिनिधिलाई बुझाउनु हुन्छ। सम्झाउनुहुन्छ।तर कानुनमा बसेर मात्रै काम गर्नुहुन्छ।’

तस्बिर : कार्यालयको कामकाज गर्नुपुर्ब राष्ट्रिय गानमा यसरी सरिक हुन्छन् प्युठान नगरपालिकाका सम्पुर्ण कर्मचारी