प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा २ जनाको अवस्था गम्भिर  

प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा २ जनाको अवस्था गम्भिर  

प्युठान,प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते भएका छन।
बिजुवार बाट बाग्दुला तर्फ जादै गरेको गौमुखी गा.पा. वडा नम्बर ३ रजबारा का वडा अध्यक्ष ६० बर्षिय जंग बहादुर पुनले चलाएको लु.६९.प.६५६३ नं.को मोटरसाइकल र साेहि दिशा तर्फ जादै गरेको प्यूठान न.पा.३ साढेखोला बस्ने २५ बर्षिय आकास के.एम.ले चलाएको लु.२३.प.१९५१ नंम्बरकाे माेटरसाईकल र बिपरीत दिशा बाट आउदै गरेको प्युठान नगरपालिका वडा नम्बर ७ पुन्यखोला बस्ने बर्ष २१ बर्षिय बब्लु नेपालीले चलाएको ग.१८.प.७२०९ नम्बरकाे मोटरसाईकल एक आपसमा ठोकिएका हुन।
घाईतेमध्ये गाैमुखि गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जंगबहादुर पुन र प्युठान नगरपालिका ७ निबासि बब्लु नेपालिलाई टाउकाे हात तथा खुट्टामा गभ्भिर चाेट लागेकाले बुटवल रिफर गरिएको छ।
त्यस्तै लु २३ प १९५१ नम्बरकाे माेटरसाईकलमा सबार प्युठान नगरपालिका तीन निबासी २५ बर्षिय आकाश के एम र २८ बर्षिय ऋषि धामीलाई सामान्य चाेट लागेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले बताएकाे छ।