सिता बि.क
प्युठान,प्युठान नगरपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन तयार भएको छ ।
प्युठान नगरपालिका-४ मा नवर्निमित सो भवनको आज प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले एक समारोहकाबीच उद्घाटन गर्नुभयो।उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख योगिले कृषकहरूको हितमा स्थापना गरिएको यो सेवा केन्द्रबाट कृषिमा नविनतम प्रविधि र गुणस्तरीय पशुसेवा प्रवाह गर्न सकिने बताउनुभयो।प्युठान नगरपालिका भित्र व्यवस्थित सेवा केन्द्र निर्माणसँगै नगरपालिका लगायत आसपासका क्षेत्रको कृषि तथा पशुपालन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको सेवा कार्यालयको भवन झण्डै २ करोड ४७ लाख रुपियाँ लागतमा हालको प्युठान नगरपालिकाको परिसरमा भवन निर्माण गरिएको हो।
सुविधा सम्पन्न दुई तलाको सो भवन निर्माणका लागि भवन र सामग्री REED परियोजना कार्यालय बुटवलका प्रमुख डा.उत्तम आचार्यले नगरपालिकालाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा नगर प्रवक्ता सुमनराज श्रेष्ठले कृषकहरूलाई सेवा उपयोग गर्न र कृषि व्यवसायलाई आधुनिकिकरणतर्फ लैजान यस्तो पूर्वाधार महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
प्रवक्ता श्रेष्ठले नगर भित्र करिब ७० प्रतिशत स्थानीय कृषकहरू प्रत्यक्ष कृषि पेशामा संलग्न रहेको जनाउँदै, यस भवनको निर्माणले कृषकहरूलाई धेरै सुविधा दिने विश्वास व्यक्त गर्नुभयो। साथै,भवन बनेपछि मात्र होइन,त्यसबाट हुने सेवाको भरपुर उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो।
पशुपन्क्षीको उपचार र कृषकको पशुधनको सुरक्षाका लागि भवन निर्माण महत्वपूर्ण हुने बताउनुभयो।
नगर प्रवक्ता श्रेष्ठका अनुसार यो पूर्वाधार तयार भएपछि किसानले गुणस्तरीय सेवा र परामर्श एकै स्थानबाट प्रदान गरिनेछ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि,कर्मचारी,कृषक तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।अब कृषकहरूले रोग पहिचान,उपचार,परामर्श,गुणस्तरीय बिउबिजन तथा मल औषधि सेवा गाउँमै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
प्युठान नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपियाँ र तरकारीमा प्रतिकेजी ५ रुपियाँ उत्पादनमा आधारित अनुदान दिँदै आएको छ। यसअघि किसान पेन्सन कार्यक्रम सुरु भइसकेको छ।
प्रतिक्रिया राख्नुहोस्