वडा अध्यक्ष घर्तिको प्रसंसनिय कार्य :घरमै पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण

वडा अध्यक्ष घर्तिको प्रसंसनिय कार्य :घरमै पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण

राम बहादुर बिश्वकर्मा
प्युठान,स्वर्गद्वारी नगरपालिका ५ सारीले नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ। यस वडाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु वडा कार्यालयमा पुगेर सेवा लिन नसक्ने अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरिएको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनुभयो।सामाजिक सुरक्षा भत्ता नवीकरणमा कोहि पनि छुट्न नहुने भन्दै नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि धेरै कदमहरु चाल्दै आएको बताउनुभयो।
आफू जनताको सेवक भएकोले आफ्नो बुद्धिले भ्याएसम्म निष्ठा र इमान्दारितापूर्वक जनताको सेवामा लागेको अध्यक्ष घर्ति बताउनुहुन्छ।

तस्बिर : घरमै पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण सेवा प्रदान गर्दै स्वर्गद्वारी नगरपालिका-५ का वडा अध्यक्ष गिर बहादुर

उहाँका अनुसार यस बर्ष देखि अनलाइन मार्फत नवीकरण गर्ने व्यवस्था गरेको छ देशै भरि एकैपटक नवीकरण गर्ने काम चल्दा सर्बर राम्रोसँग नचल्ने  र घण्टौ लगाएर अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको घरमा पुगेर एउटा औंलाको छाप बायोमेट्रिक गरि सामाजिक सुरक्षा प्रणालीमा अपडेट गरिएको छ सो क्रममा सामाजिक सुरक्षा भत्ता नविकरणको निस्सा तत्कालै उपलब्ध गराउने कार्य वडाबाट खटिएका कर्मचारीले गर्दै आउनुभएको छ।
चालु आवको साउन देखी भाद्र मसान्त सम्म नविकरणको अबधी तोकिएको छ। सोहि अबधीमा हालसम्म सङ्गम टोल बिकास सस्था(सरोजा) खोलाखेत उपल्लो सारी को खड्केश्वर टोल बिकास सस्था अन्तर्गतका २७ जना अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीलाई घरमै पुगेर सुबिधा दिईएको छ ।

तस्बिर : घरमै पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण सेवा प्रदान गर्दै स्वर्गद्वारी नगरपालिका-५ का वडा अध्यक्ष गिर बहादुर घर्ती 


आफु अशक्त अवस्थामा रहेका कारण वडा सम्म पुग्न समस्या भएका बेला घरमै आएर नवीकरणको सेवा दिईएकोमा खुसी लागेको वडा नम्बर ५ का लाभग्राही तथा वडा स्तरीय अपांग सन्जालका अध्यक्ष खेमराज रेग्मिले बताउनुभयो।