सीता बि.क
प्युठान,योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन आग्रह गरेको छ।
शुक्रबार एक सुचना जारी गर्दै पालिकाले सामाजिक सुरक्षा कोषमा रोजगारदाताको रुपमा मिति २०८२/०१/२५ गते देखी दर्ता भएको साथै नेपाल सरकारको मिति २०८१/१२/१५ गतेको निर्णय बमोजिम पालिका अन्तर्गत बडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐन,२०७४ को दफा २१ अनुसार योगदानकर्ताको रुपमा सूचीकृत हुन कर्मचारीहरुले देहाय अनुसार कट्टी हुने गरी तपसिलका कागजात तथा बिबरण तहाँ कार्यालयको सिफारिस सहित १५ दिन भित्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध गरेको हो।
गौमुखी गाउँपालिका द्वारा सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सूचिकृत हुने सम्बन्धमा प्रकाशित सुचना
योगदानकर्ताको खाईपाई आएको तलबको कम्तीमा साठी प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत गौमुखी गाउँपालिकाबाट र ११ प्रतिशत सम्बन्धित योगदानकर्ताको तर्फबाट कट्टा गरी जम्मा गर्नु पर्नेछ ।
पालिकाको सूचना अनुसार योगदानकर्ताको सम्पर्क नं. र इमेल,इच्छाएको व्यक्तिको नाम, ठेगाना सम्पर्क नं.,नागरिकता प्रमाणपत्र/प्यानको प्रमाणपत्र/राहदानी/राष्ट्रिय परिचयपत्र/सवारी चालक अनुमति पत्र प्रतिलिपि (कुनै एक),योगदानकर्ताको तीनपुस्ते पारिवारिक विवरण र सोसँग सम्बन्धित सकल प्रमाणपत्रहरु,योगदानकर्ताको बैड विवरण,पासपोर्ट साईजको एक प्रति फोटो सहित यसै साथ संलग्न निवेदनको ढाँचा बमोजिम पेस गर्नुपर्ने छ।
प्रतिक्रिया राख्नुहोस्