बाल मनोविज्ञानमा आधारित लघु चलचित्र "किबोर्ड" सार्वजनिक,अधिकांशले सम्झिए बाल्यकाल

बाल मनोविज्ञानमा आधारित लघु चलचित्र "किबोर्ड" सार्वजनिक,अधिकांशले सम्झिए बाल्यकाल

सीता बि.क
प्युठान,बाल मनोविज्ञानमा आधारित लघु चलचित्र किबोर्ड सार्वजनिक भएको छ।
पश्चिमा संस्कृतिको प्रभावले बाल मनोविज्ञानमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ।
शुक्रबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्बजनिक गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता प्रतिनिधिसभा सदस्य सूर्य थापाको रहेको थियो। प्यूठानका युवा व्यवसायी सन्देश आचार्यको निर्माणमा बनेको चलचित्रमा आचार्य गोपालको निर्देशन,बाल साहित्यकार विजयराज आचार्यको लेखन रहेको लघु चलचित्र २५ मिनेटको रहेको छ ।त्यसैगरी बाल साहित्यकार विजयराज आचार्यको बाल कथा संग्रह स्वर्गमा मोवाईलको समेत विमोचन गरिएको छ ।
चलचित्रको ‘विशेष प्रदर्शन’ हेरेका अधिकांशले बाल्यकाल सम्झिए।
चलचित्र निर्माता शन्देस आचार्यले लघु चलचित्र विशेष गरेर ती अभिभावकका लागि हो जसका छोराछोरी अरु भन्दा भिन्नै स्वभाव र क्षमताका छन् ।उनीहरुको प्रोत्साहन र सम्पूर्ण आभिभावकलाई ज्ञान होस भन्ने उदेश्यले तयार गरिएको बताउनुभयो।