सीता बि.क
प्युठान,सरूमारानी गापा ४ स्थित खन्ने बगर शिरू बगरमा झाेलुङ्गे पुल उदघाटन गरिएको छ।उक्त पुल निर्माणसंगै स्थानीयलाई आवातजावतमा सहज भएको छ।लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले मंगलबार एक कार्यक्रमका बीच रिवन काटेर पुल उद्घाटन गर्दै पुलको उपयोग र संरक्षणमा स्थानीय उपभोक्ता जागरुक बन्नुपर्ने बताउनुभयो।१ सय २० मीटर लम्बाइको उक्त पुल निर्माण पश्चात यस क्षेत्रका करिब एक हजार जनसंख्या लाभान्वित हुने अध्यक्ष बिश्वकर्माले बताउनुभयो।
नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा
उहाँले गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषी लगायत क्षेत्रलाई प्राथमिकता दिएर पुल निर्माण गरिएहेको बताउनुभयो।उहाँका अनुसार उक्त स्थानमा पुल नहुँदा सर्वसाधारणहरुले सास्ति झेल्दै आउनुपरेको थियो।
आगामी दिनमा पुलको संरक्षण गर्ने दायित्व स्थानीयवासीको दायित्व रहने सुझाउनुभयो।
सो ठाउँमा पुलको नितान्त आवशयक्ता रहेको भनी स्थानीयहरुले व्यापक गुनासो गरेपछि किसानको समस्यालाई मध्य नजर गर्दै गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले झोलुङ्गे पुल निर्माणका लागि पहलकदमी लिनुभएको थियो।
अहिले पुल निर्माण भइ सञ्चालन भएपछि पालिकाका हजारौं स्थानियलाई सहज हुने भएको छ।
सरुमारानी गाउँपालिकाको १० लाख ५६ हजार ५ सय ८७ रुपैयाँ ३५ पैसा र उपभोक्ताहरुको तर्फबाट एक लाख १५ हजार २ सय रुपैयाँ श्रमदान,केन्द्रिय अनुदान ४९ लाख ४५ हजार ८ सय ७४ रुपैयाँ ५ पैसा गरी कूल ६१ लाख१७ हजार ६ सय ६१ रुपैयाँ ३९ पैसा लागतमा पुल निर्माण गरिएको बताइएको छ।
विसं २०८० मंसिर २६ गते सम्झौता गरि निर्माण कार्य शुरु गरी २०८१ फागुन १९ फागुन १९ गते सम्पन्न भएको खत्रेसिरु बगर झोलुङ्गे पुल पुल निर्माण भएको सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरले बताउनुभयो। पुल निर्माण भएपछि स्थानीयबासीलाई सहज भएको बताउनुभयो।निर्माण समितिका अध्यक्ष खगेश्वर रेश्मी मगरकाे अध्यक्षता,गाउँपालिका प्रवक्ता तथा ४ नं.वडा अध्यक्ष चिन्त साेमै मगरकाे स्वागत मन्तब्य र वडा सदस्य भाेज बहादुर सारू मगरकाे संचालनमा भएको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माकाे प्रमुख आतिथ्यता,उपाध्यक्ष बसन्त खडका,मल्लरानी ग्रामीण विकास सराेकार केन्द्र प्युठानका कार्यकारी प्रमुख बिजय श्रेष्ठ,TID/PTA वुटवलका प्राविधिक अधिकृत श्रीधर भण्डारी,कार्यपालिका सदस्य कल्पना विश्वकर्मा,वडा सदस्यहरू,MRDCC का ईन्जिनियर लगाएत कर्मचारीहरू,टाेल विकास संस्थाका अध्यक्ष मतिराम सारु,लाभान्वित उपभोक्ताहरूकाे उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्