प्यूठान उद्योग बाणिज्य संघ अधिवेसनमा होमियो,५ बजार क्षेत्रमा नयाँ नेतृत्व

प्यूठान उद्योग बाणिज्य संघ अधिवेसनमा होमियो,५ बजार क्षेत्रमा नयाँ नेतृत्व

प्यूठान,प्यूठान उद्योग बाणिज्य संघ अन्तरगरका पाँच बजार इलाकाको अधिबेशन शनिवार सम्पन्न भएको छ । नौ बजार इलाका रहेको संघको बाकी इलाका अधिबेशन फागुन १७ गते हुनेछ्न ।
स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औँ साधारण सभा तथा  सातौं अधिवेशनबाट अध्यक्ष बिष्णु  योगि, उपाध्यक्ष टिकाराम भण्डारी, सचिव रमेश पुन, कोषाध्यक्ष बालाराम कालाथोकी निर्वाचित हुनुभएको छ।त्यस्तै सदस्यहरुमा बुद्धि राम गोराथिकी, पदम के.सि., दिपक चन्द थापा  चयन हुनुभएको छ । जिल्ला प्रतिनिधि गङ्गाराम बि.सि रहनुभएको छ ।
सरुमारानी बजार क्षेत्रको सातौं अधिवेशनबाट भरत एम.सी.को अध्यक्षतामा उपाध्यक्ष माे.अतिउल्ला हलुवाई, सचिव नमराज भण्डारी, काेषाध्यक्ष दुर्गा बहादुर खत्री र सदस्यहरु मीन बहादुर घर्तिमगर, खड्क पुन मगर, फन बहादुर राना, विष्णु खत्री रहनुभएको छ ।
गौमुखी बजार इलाकाको ठुलाबेसीमा सम्पन्न १० औं साधारणसभा तथा चौथो अधिबेशनले कमला पोख्रेलको अध्यक्षतामा नयां कार्यसमिती सर्बसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण मल्ल, सचिव मुक्ति राना, कोषाध्यक्ष बिष्णु सुनार र सदस्यहरुमा बसन्ता केसी, टोपलाल सुनार, अमर बिटालु रहनुभएको छ ।
झिमरुक बजार इलाकाको अधिबेशनले भरत ढकाल अध्यक्ष रहनुभएको नया कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष पिताम्बर घिमिरे, सचिव झबिलाल ज्ञवाली, कोषाध्यक्ष मिना पौडेल र सदस्यहरु लिलाधर न्यौपाने, लिमान सिह जिसि, नारायण जिसि, टेकबहादुर ढकाल रहनुभएको छ । जिल्ला प्रतिनिधि झगबहादुर पुन चयन हुनुभयो ।
ऎरावती बजार क्षेत्रको अधिबेशनले नुम प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
प्यूठान उद्योग बाणिज्य संघको जिल्ला अघिबेशन चैत्र ५ गते हुदैछ ।