राम बहादुर बिश्वकर्मा
प्युठान,बिजुवार-बाग्दुला मुख्य सडक स्थित सहिद मित्रमणी चोकको दक्षिण तर्फ निमको बोट छ।त्यहीँको एउटा अग्लो सिसा भएको भवन देखिन्छ-निमतारा पोलिक्लिनिक प्रा.लि।भित्र प्रवेश गर्दा,तपाईंले केवल स्वास्थ्य सेवा होइन,समुदायको सुस्वास्थ्यको आशा देख्नुहुन्छ।
स्थापना कालदेखि नै पोलिक्लिनिकले बिरामीमैत्री,भरोसिलो र आधुनिक सेवा उपलब्ध गराउँदै आएको छ।यहाँ ओपिडि सेवा,आँखा र दन्त उपचार,विशेषज्ञ परामर्श,आधुनिक ल्याब जाँच, इसिजि,रक्तचाप र मधुमेह परीक्षण र फार्मेसी सेवा,नशा तथा हाड जोर्नी उपचार सबै एकै छानामुनि उपलब्ध छन्। महिला,बालबालिका र वृद्धवृद्धाका लागि छुट्टै सुविधा राखिएको छ,जसले सबै उमेरका नागरिकलाई सहज पहुँच सुनिश्चित गरेको छ।
तर यो केवल सेवाको सूचीको कथा होइन। यो कथा हो दुई युवा चिकित्सक सुवास जि.सि र प्रकाश जि.सि को,जसले ठूलो सपना लिएर विदेश जाने बाटो छाडेर आफ्नै जन्मभूमिमा सेवा गर्ने निर्णय गरे। डाक्टर सुवास भन्छन्,“धेरैले सोच्छन् विदेश गएर मात्र भविष्य बनाउँछ।तर म भन्छु,सम्भावना यहाँ पनि छ। पैसा सबै कुरा होइन।हाम्रो उद्देश्य मानव सेवा हो।जहाँ जन्म त्यहाँ कर्म गरेर सेवा पुर्याउनु महत्वपूर्ण छ।”
तस्बिर :बिरामी परिक्षण गर्दै सुवास जि.सि
पोलिक्लिनिकको हरेक कोठामा आशा झल्किन्छ-बिरामीको मुस्कान,आशावादी आँखा र स्वास्थ्यकर्मीको ध्यान र फार्मेसीको व्यवस्थित व्यवस्था। स्वास्थ्य सचेतना कार्यक्रम,रोग निवारण परामर्श र नियमित चेकअप अभियानमा समुदायको सक्रिय सहभागिता देख्दा स्पष्ट हुन्छ -यो केवल उपचार केन्द्र मात्र होइन, समुदायको स्वास्थ्य र चेतनाको केन्द्र हो।
स्थानीयबासीले दिएको सहयोग र विश्वासले डाक्टरहरूलाई अझ प्रेरित गरेको छ। गौमुखी गाउँपालिका अर्खा निवासी एउटा वृद्ध बिरामीले भन्छन्,“हामी जस्ता गाउँलेका लागि यो पोलिक्लिनिक वरदान जस्तै हो।जहाँ समय र पैसा दुवै बच्छ,त्यहाँ सेवा पनि गुणस्तरीय छ।”
डाक्टरहरू धेरै माया गर्छन र यो माया बिरामीले अनुभव गर्छन।”
पोलिक्लिनिकले हाल नयाँ विशेषज्ञ सेवा र अत्याधुनिक उपकरण थप्ने योजना बनाइसकेको छ। यसले प्युठान मात्र होइन,आसपासका गाउँका नागरिकको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने छ।
डाक्टर सुवासको शब्दमा,“जहाँ जन्म त्यहाँ कर्म गर्नुहोस्। त्यो कर्मले जीवन बचाउँछ मात्र होइन, आशा,भरोसा र प्रेरणाको पुल पनि बनाउँछ।”हामीले यही विश्वासका साथ काम गर्दै आएका छौं।”
यतिमात्र होइन जिल्ला स्थित स्थानीय तह र समुदायसँग सहकार्य गर्दै जनस्वास्थ्यमा योगदान पुर्याउनु यस पोलिक्लिनिकको विशेषता बनेको छ।
आज,निमतारा पोलिक्लिनिक केवल स्वास्थ्य संस्था होइन। यो समुदायको साथी,भरोसाको प्रतीक र जन्मभूमिमा सेवा गर्ने उत्कृष्ट दृष्टान्त समेत बनेको छ।
प्रतिक्रिया राख्नुहोस्