राम बहादुर बिश्वकर्मा
प्युठान,साहित्य परिषद् जिल्ला शाखा प्युठानको अध्यक्षमा साहित्यकार बिमला खनाल निर्बिरोध निर्वाचित हुनुभएको छ।
साहित्य परिषद प्युठानको शनिबार सम्पन्न ३० औं साधारणसभा तथा १० औं जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो।जसको उपाध्यक्षमा ध्रुव गिरी,सचिव राजकुमारी कुँवर,कोषाध्यक्ष श्याम बिष्ट,सहसचिव सुमन सुवेदी तथा सदस्यहरुमा रामप्रसाद पोखरेल खेमराज पोखरेल जयश्वर जैसी लोकेन्द्र जिसी,लक्ष्मी मगर सङ्घर्ष कमला पोख्रेल सिर्जना नेपाली भानुभक्त पोखरेल टिकाराम रिजाल र प्रार्थना सुनार रहनुभएको छ।नव निर्वाचित अध्यक्ष करिव दुई दशकदेखि विभिन्न साहित्यिक गतिविधिहरुमा संलग्न रहदै आउनुभएको छ।
२०६६ सालदेखि साहित्य परिषद् प्युठानमा आबद्ध भएर काम गर्न थालेको प्रकाशित कृति फेकमाया कथा संग्रह लगायत बजारमा आइसकेका छन।उहाँका विभिन्न पत्रपत्रिकाहरुमा लेख,रचनाहरु समेत प्रकाशित हुँदै आएका छन्।भने उहाँलाई बिभिन्न साहित्यिक संघ संस्थाहरुले पुरस्कृत तथा सम्मानित समेत गरेका छन्।बाल्यकाल देखि नै साहित्यमा रुचि राख्ने खनालले २०५४ सालमा उपत्यका व्यापी वक्तित्वकला प्रतियोगितामा द्वितीय पुरस्कार,२०५८ सालमा क्याम्पस स्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कृत,विसं २०७६ सालमा कालिका विकास केन्द्र नेपालद्वारा प्रशंसापत्र एवं नगदसहित पुरस्कृत,विसं २०७८ सालमा लेखक संघ दाङद्वारा पुरस्कृत एवं सम्मानित,२०८० सालमा नेपाल बाल साहित्य समाजद्वारा सम्मानित,लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालद्वारा नारी रत्न सम्मान पुरस्कार प्राप्त,२०८० सालमै राप्ती साहित्य परिषद्द्वारा गोपाल चन्द्र प्रज्ञा पुरस्कारद्वारा सम्मानित एवं पुरस्कृत,२०८० स्वर्गद्वारी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा सम्मानित हुनुभएको छ।परिषदको कार्यबहाक अध्यक्ष बिमला खनालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम जि.सि प्रमुख आतिथ्यता एवम प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्राध्यापक डाक्टर गोविन्द गोपेन्द्र पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि जि.सि ले बिगत देखि प्युठान जिल्ला सिर्जनाको उर्वरभूमि रहेको बताउनुभयो।साहित्य संगीतको क्षेत्रलाई उजागर गर्ने काममा प्युठान साहित्य परिषदको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले स्थानीय निकाय सदैव साहित्य परिषदको साथमा रहन जिल्ला स्थित स्थानीय तहलाई आग्रह गर्नुभयो।
सो अवसरमा प्युठान जन्मिएर साहित्य,संस्कृतिको संरक्षणमा सक्रिय साहित्यकार कमल पोखेल भूपेन्द्र स्मृति काव्य पुरस्कार,मोहन गिरी कप्तान नरलीला स्मृति साहित्य पुरस्कार,निमवहादुर थापा वालादेवी चक्रमाया स्मृति साहित्य पुरस्कार,बीपी सेढाई नवप्रतिभा पुरस्कार,राजकुमारी कुँवर मीना साहित्य पुरस्कार,लिला पुन ठइदेवी साहित्य पत्रकारिता पुरस्कारले सम्मानित गरिएको हो।
प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपतिलाई सम्मानित व्यक्तित्वको रुपमा सम्मान गरिएको छ।
त्यस्तै जिल्ला स्तरीय गजल वा लेखन तथा वाचन प्रतियोगितामा प्रथम दितिय र तृतीय आउन सफल क्रमश श्याम श्याम बिष्ट,लक्ष्मी मगर सङ्घर्ष र लालीमाया थापालाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो।यसैबीच दशौँ अधिवेशन मुखपत्र सुमन विमोचन श्रष्टा सम्मान प्राध्यापक डाक्टर गोपेन्द्र पौडेलद्वारा लिखित यात्राको धुन चर्चा लगायतका विविध कार्यक्रम गरी सम्पन्न गरिएको कार्यक्रममाको संचालन सस्थाका सचिब ध्रुव गिरीले गर्नुभएको थियो।समापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खनालले स्थानीय स्रस्टा तथा साहित्यिक सर्जकहरुको सिर्जना र रचनाको सम्मान गर्दै जिल्ला भित्र रहेका साहित्यिक स्रस्टाहरुलाई एकत्रित गर्दै कला,साहित्यको विकासमा सरोकारवाला निकाय सङ्ग समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सो अवसरमा प्रमुख अतिथि जि.सि ले बिगत देखि प्युठान जिल्ला सिर्जनाको उर्वरभूमि रहेको बताउनुभयो।साहित्य संगीतको क्षेत्रलाई उजागर गर्ने काममा प्युठान साहित्य परिषदको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले स्थानीय निकाय सदैव साहित्य परिषदको साथमा रहन जिल्ला स्थित स्थानीय तहलाई आग्रह गर्नुभयो।
सो अवसरमा प्युठान जन्मिएर साहित्य,संस्कृतिको संरक्षणमा सक्रिय साहित्यकार कमल पोखेल भूपेन्द्र स्मृति काव्य पुरस्कार,मोहन गिरी कप्तान नरलीला स्मृति साहित्य पुरस्कार,निमवहादुर थापा वालादेवी चक्रमाया स्मृति साहित्य पुरस्कार,बीपी सेढाई नवप्रतिभा पुरस्कार,राजकुमारी कुँवर मीना साहित्य पुरस्कार,लिला पुन ठइदेवी साहित्य पत्रकारिता पुरस्कारले सम्मानित गरिएको हो।
यसैबीच दशौँ अधिवेशन मुखपत्र सुमन विमोचन श्रष्टा सम्मान प्राध्यापक डाक्टर गोपेन्द्र पौडेलद्वारा लिखित यात्राको धुन चर्चा लगायतका विविध कार्यक्रम गरी सम्पन्न गरिएको कार्यक्रममाको संचालन सस्थाका सचिब ध्रुव गिरीले गर्नुभएको थियो।समापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खनालले स्थानीय स्रस्टा तथा साहित्यिक सर्जकहरुको सिर्जना र रचनाको सम्मान गर्दै जिल्ला भित्र रहेका साहित्यिक स्रस्टाहरुलाई एकत्रित गर्दै कला,साहित्यको विकासमा सरोकारवाला निकाय सङ्ग समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्