गाउँपालिका उपाध्यक्ष पोख्रेलले मनाए बिपन्न परिबारसँग जन्मदिन

गाउँपालिका उपाध्यक्ष पोख्रेलले मनाए बिपन्न परिबारसँग जन्मदिन

राम बहादुर बिश्वकर्मा
प्युठान,जन्मदिनको अबसरमा हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले फजुल खर्च नगरी आफ्नो जन्मदिन झिमरुक गाउपालिका वडा नम्बर ६ मर्कावाङमा पुगेर  बिपन्न परिबार संग  मनाएका छ्न।जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई उपाध्यक्ष पोख्रेलले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका हुन।
सामाजिक कार्यमा समेत सक्रिय रहेका उपाध्यक्ष पोख्रेलको जन्मदिन आज परेको छ । 
उनले बस्तिमै पुगेर ५ बिपन्न परिवारलाई खाद्यान्न दाल,तेल,नुन चामल सहयाेग गरेका हुन।उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन्।भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि बिपन्न परिबारसँगै रहेर बर्षेनि जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उनले बताए ।
हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिदा समाजमा राम्रो सन्देश जाने र जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति प्रत्येक बर्ष बिपन्न परिबार सङ्ग जन्मदिवस मनाइएको उनको भनाइ थियो ।