सीता बि.क
प्युठान,कतै वडा अध्यक्षहरुको मिलोमत्तोमा लाखौको भष्टचार त कतै कृषकलाई दिएको अनुदान वडा अध्यक्षको घरमा,यस्ता समाचार नसुनिएको होइन। तर कतिपय वडा अध्यक्ष तथा जनप्रतिनिधि समाजका लागी काम गरेर उदाहरणिय बन्न पुगेका छन।
तस्बिर : प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तब्य राख्नुहुदै मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेल
जनताले चुनेका जनप्रतिनिधिले जनताकै हितमा काम गरुन् भन्ने चाहाना सबैको हुन्छ । तर निर्वाचनका बेला जनता समक्ष गरेका बाचा अधिकांश जनप्रतिनिधिहरुले भुल्ने परम्परा बसेको छ।अधिकांश जनप्रतिनिधि निर्वाचनमा जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका छन ।
तर प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा न ३ का वडा अध्यक्षले निर्वाचनको समयमा जनता सङ्ग गरेको बाचा थियो आफू जनप्रतिनिधि भएपछि "पहिलो महिनाको तलब सामाजिक कार्यमा"खर्चिने भन्ने सोही बाचा गरेका मल्लरानि गाउँपालिका वडा नं.३ का वडाध्यक्ष नोमराज पौडेलले निर्वाचन आफुले बिजय प्राप्त पछि पहिलो एक महिनाको तलब आफ्ना बुवा आमाको नाममा केशवराज बेला कुमारी अक्षकोष स्थापना गर्नुभएको थियो।
सोही रकम बाट प्राप्त ब्याज रकम नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाको २१ औ साधारण सभामा ४ जना विपन्न विधार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण गरिएको छ ।
वडा अध्यक्ष पौडेलले पाउँदै आएको तलव वडाका शैक्षिक सस्था,धार्मिक स्थल,पर्यटकीय,कृषि,गरिब, विपन्न,असाहय लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ।
जितिसके पछि फर्केर समेत जनता समक्ष नजाने जनप्रतिधिनिका लागि एउटा गतिलो उदाहरण पेस गर्न सफल हुनुहुन्छ अध्यक्ष पौडेल।
अध्यक्ष पौडेलले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन निर्वाचित भएको बताउनुभयो ।
पौडेलले आफ्नो कार्यकाललाई जनताको सेवामा समर्पित गर्दै वडाबासीलाई कुनै समस्या हुन नदिने अठोट राखेको बताउनुभयो।वडा बासीको पीरमर्कालाई पहिचान गर्दै आफ्नो जिम्मेवारी बहन गर्दै आएको छु,अध्यक्ष पौडेलले भन्नुभयो,जनताको भोटबाट जनप्रतिनिधि भएको छु जनताको सेवामा सधैं समर्पित रहन्छु ।
वडा अध्यक्षको काम प्रति आफु सन्तुष्ट रहेको नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सचिव गोविन्द अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रममा बिशेष अतिथि रहनुभएका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री दामोदर शर्माले उपशाखालाई व्यवस्थित रुपमा सञ्चालन गरी सामाजिक कार्यमा क्रियाशिल रहन आग्रह गर्नुभएको छ। साथै उहाँले अक्षकोषदाता पौडेल परिवारलाई धन्यवाद दिनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्